prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा फेरि उत्कृष्ट बन्ने दौडमा भेरी अस्पताल
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा फेरि उत्कृष्ट बन्ने दौडमा भेरी अस्पताल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ८, २०८१ बागेश्वरी पोस्ट
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा फेरि उत्कृष्ट बन्ने दौडमा भेरी अस्पताल

नेपालगन्ज । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पतालले यो वर्ष पनि आफ्नै नतिजामा सुधार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्यांकनमा भेरी अस्पतालले लगातार आफ्नो नतिजा सुधार गर्दै उत्कृष्ट हुने दौडमा छ । 

संघीय अस्पतालहरु मध्ये हालसम्म वीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेरी अस्पतालले पछि पारेको छ । यी अस्पतालहरु मध्ये भेरी अस्पताल अहिलेसम्म उत्कृष्ट भएको छ । भेरी अस्पतालले यो वर्ष ८३ प्रतिशत अंक प्राप्त गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन गर्न मन्त्रालयबाट खटिएको टोली संयोजक वीर अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठले जानकारी दिइन् । 

मूल्यांकनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्ष लगायत सबै प्रकारको अवस्था हेरेर मूल्यांकन गरी उक्त अंक प्रदान गरिएको उनले बताइन् । मूल्यांकनका लागि मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली अस्पतालमा आउने र त्यसैका आधारमा अंक दिने गरिएको छ । गत वर्ष भेरी अस्पताल ८० प्रतिशत अंक ल्याएर देशभरका संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो । त्यो भन्दा अगाडि पनि ७५ र ६७ प्रतिशत अंक ल्याएर देशभरकै उत्कृष्ट भएको थियो ।

लगातार तीन वर्षदेखि न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्दै आएको भेरी अस्पताल यो वर्ष पनि उत्कृष्ट बन्ने दौडमा छ । बाँकी संघीय अस्पतालहरुको मूल्यांकनको काम चलिरहेकाले अन्तिम नतिजा आउन भने केही समय प्रतिक्षा गर्नुपर्ने श्रेष्ठले बताइन्  । भेरी अस्पतालमा आज आयोजित नतिजा प्रकाशन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले अस्पतालले लगातार उत्कृष्ट अंक हासिल गर्नु अवसर र चुनौति दुवै भएको बताए । उनले गुणस्तरीय सेवाका लागि सुधार गर्नुपर्ने कुरा सुधार गरिने र सेवालाई थप विस्तार गरिने प्रतिवद्धता जनाए । 

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले सबैको सहयोगले अस्पतालले यो उपलब्धि हासिल गरेको बताए । उनले जनशक्ति अभाव अस्पतालका लागि चुनौतिपूर्ण बनेको बताउँदै त्यसलाई क्रमश: समाधान गरिँदै लैजाने प्रतिबद्धता दिलाए । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले न्यूनतम सेवा मापदण्डको नतिजाले हौसला प्रदान गरेको बताए । उनले अब क्वालिटी र सेफ्टी केयरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको र त्यसका निमित्त पहल गरिने विश्वास दिलाए । कार्यक्रममा अस्पताल विकास समितिका सदस्यहरु डक्ट प्रसाद धिताल, किरण आचार्य, समिर गुरुङ, अस्पतालका पूर्व मेसुहरु, विभागीय प्रमुखहरु, युनिट प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP