prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुरमा ७५ जना महिलालाई फ्रिडम किट ब्याग
कोहलपुरमा ७५ जना महिलालाई फ्रिडम किट ब्याग
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १६, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा ७५ जना महिलालाई फ्रिडम किट ब्याग

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नम्बर ११ भोला टोलका ७५ जना महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ । फ्रिडम किट व्याग युकेको सहयोगमा बास नेपालले उक्त सहयोग प्रदान गरेको हो । महिलाहरुलाई महिनावारी स्वच्छता तथा व्यवस्थापनका लागि फ्रिडम किट ब्याग प्रदान गरिएको हो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदी, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, समाजसेवी प्रताप देवकोटा, बास नेपाल फ्रिडम किट व्यागकी कार्यक्रम प्रबन्धक रमिता शाह, शिक्षा अधिकृत मिना घर्ती लगायतले सो सहयोग प्रदान गरेका थिए । बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले सहजीकरण गरेको सहयोग प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका उपप्रमुख सुबेदीले महिलाहरुका लागि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको महिनावारी स्वच्छताका लागि किट ब्याग अत्यन्तै उपयोगी हुने बताइन् । बजारमा उपलब्ध सेनेटरी प्याडका कारण विभिन्न प्रकारका संक्रमण हुने भन्दै रियुजेवल प्याड प्रयोग गर्न सबैलाई अनुरोध गरिन् । उनले कोलहपुर नगरपालिकाले आगामी दिनमा रियुजेवल प्याड तयार र प्रयोगमा जोड दिने प्रतिबद्धता ब्यक्त गरिन् । बास नेपालका कार्यकारी निर्देशक शाहले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष बुढाथोकीले गरेकी थिइन् ।

महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट ब्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड इन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर ग्रुप पर्स लगायत पेन्टी र साबुन रहन्छन् । बजारमा पाइने सेनेटरी प्याडबाट विभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र वातावरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसारभर वैकल्पिक प्याड प्रयोगको बहस भइरहेको बेला फ्रिडम किट ब्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र स्वास्थ्यलाई असर नगर्ने खालको रहेको छ ।  


प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यपेज छैठौं वर्षमा,  'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP