prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक विवरण तयार गरिँदै
मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक विवरण तयार गरिँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २१, २०८१ बागेश्वरी पोस्ट
मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक विवरण तयार गरिँदै

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । यसअघि लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा यो अभियान सुरु भइसकेको छ । आजदेखि बाँकेमा सुरु भएको अभियानको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शुभारम्भ गरे । सम्बद्ध सरोकारवालालाई नेपालगन्जमा बोलाएर सुरु गरिएको अभियानमा मन्त्री सारुले जटिल अवस्था र दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो अभियानले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरे । उनले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएर काम गर्दै आएको बताए । 

paribartan 1

लुम्बिनी प्रदेशका बाँके, पाल्पा र अर्घाखाँचीमा मातृ तथा बाल मृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न यो अभियान सुरु गरिएको पनि उनले बताए । बाँके मुस्लिम समुदाय बाहुल्य रहेको जिल्ला भएकाले मन्त्रालयका कार्यक्रमले त्यसलाई पनि ध्यान दिएको उनले बताए । सारुले स्वास्थ्य सेवा सुधारका लागि स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा जोड दिए । प्रदेशसभा सदस्य दुर्गा चौधरीले सबैको समन्वय र सहकार्यबाट मातृ र शिशु मृत्युदर घटाउन सकिने बताए । प्रदेशसभा सदस्य सन्जु कुमारी थारुले लुम्बिनी प्रदेशमा बढ्दो मातृ र शिशु मृत्युदर घटाउन संसदमा बहसको बिषय बनाइएको बताइन् । उनले स्वास्थ्य क्षेत्रको सुधारमा स्वयंसेविकाहरुको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई प्रदेश सरकारले प्रोत्साहित गर्नुपर्ने बताइन् । उनले मन्त्रालयलाई बजेटको व्यवस्थापनका लागि आफूहरुले पहल गर्ने पनि बताइन् । अर्का प्रदेशसभा सदस्य अम्बिका काफ्लेले मातृ तथा नवजात शिशु सुरक्षाका लागि यो अभियान उपयोगी हुने बताइन् । उनले स्तरीय स्वास्थ्य सेवा प्रबाहका लागि मन्त्रालयले गरेका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको आफूले पाएको धारणा राखिन् । यस्तै उनले किशोरीहरुमा लगाइने पाठेघरको मुखको क्यानसर विरुद्धको खोप (एचपीभी) को पहुँच नपुगेको भन्दै मन्त्रीको ध्यानाकर्षण  समेत गराइन् । बाँकेका विकट नरैनापुर र जानकी गाउँपालिकाका किशोरीहरु एचपीभी खोपको पहुँच बाहिर रहेकाले उनीहरुलाई पहुँचमा ल्याउन आग्रह गरिन् । 

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले  बाँके जिल्लामा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुर्‍याउने दावी गरिन् । उनले गर्भवती महिलाले नियमित चेकजाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको बताइन् । आफूले १० वर्ष भेरी अस्पतालमा सेवा गरेको स्मरण गर्दै उनले यहाँको स्वास्थ्य सचेतताको पाटोलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् । यस्तै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम संचालन मार्ग निर्देशन अनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियान अन्तर्गत अभियान सुरु गरिएको बताए । 

अभियान शुभारम्भ कार्यक्रमको सहजीकरण गर्दै लुम्बिनी प्रदेशका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको बताए । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको सुवेदीले बताए । प्रदेशमा ८०% प्रतिशत महिलाहरुको मृत्यु सुत्केरी भए पश्चात हुने गरेको तथ्यांक रहेको उहाँले बताए ।  

पारिवारिक विवरण संकलनका लागि बाँकेका १ लाख २९ हजार ३०७ घरधुरीमा स्वास्थ्यकर्मी पुग्नेछन् । यो अभियान अन्तर्गत गर्भवती महिलादेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषणबृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो पाइलटिङ् कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरी, सम्पुर्ण स्थानीय तहको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदी लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु बादशाह कुर्मी, भण्डारीलाल यादव, मिना सिद्दिकी, मिना श्रेष्ठ, सुशिला नेपाली र माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, जानकी गाउँपालिकाका प्रमुख छ्ब्बन खान, नरैनापुर गाउँपालिकाका प्रमुख इश्तियाक अहमद साह,  कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बाँकेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता
भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP