Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०८२ बागेश्वरी पोस्ट
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्ने बताएका छन् । 

भेरी अस्पतालको जलन वार्ड तथा सर्जिकल विङ्गको उद्घाटन तथा सिकलसेल र थालेसिमियाका बिरामीका लागि संक्रामक रोगबाट बचाउन भेरी अस्पताललाई निःशुल्क खोप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले योगदान गर्न सक्ने नागरिकलाई वीमाको दायित्वमा जोडेर वीमा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव मन्त्रालयको रहेको जानकारी समेत दिए । मन्त्री पौडेलले यो आर्थिक वर्षभित्र वीमाको सम्पूर्ण दायित्व फरफारक गर्ने योजनामा रहेको पनि बताए । उनले अहिलेकै मोडेलमा स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिए थेग्न नसकिने स्पष्ट पारे । 

उनले भेरी अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन मन्त्रालय लागिपर्ने बताए । उनले बजेटको सिमितताका कारण चाहे जति काम गर्न सक्ने अवस्था नरहे पनि भेरी अस्पताल संघीय सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री पौडेलले भेरीमा पछिल्लो समय थपिएका विशिष्टिकृत सेवालाई अझ प्रभावकारी बनाउन दरबन्दी सिर्जना गरिने समेत जानकारी दिए । 

भेरी अस्पतालमा ७ वटा कार्यक्रम थपिनु र १३ कार्यक्रम व्यवस्थित हुनु सुखद विषय भएको भन्दै मन्त्री पौडेलले जलन वार्ड सुरुवात हुनु अत्यन्त प्रशंसनीय काम भएको उल्लेख गरे । भेरी अस्पताल पश्चिम क्षेत्रको महत्त्वपूर्ण अस्पताल भएकाले विरामीले भरोसा मान्ने गरी सेवा सुविधा विकास गर्नुपर्ने बताए । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै अस्पतालहरुमा विशिष्टिकृत सेवा सुचारु गर्ने योजना अनुरुप काम भइरहेको बताए । डा. देवकोटाले सर्जिकल सेवालाई छिटोछरितो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गर्दै सेवा विस्तार पनि भइरहेको बताए । बजेट अभावका कारण पूर्वाधार विकाससंगै अन्य कामहरु गर्न अप्ठ्यारो भइरहेको भन्दै उनले भएको संरचना र उपकरणको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएको सुधार र उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन अस्पताल विकास समिति सदस्य डा. डक्ट प्रसाद धितालले गरेका थिए । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP