नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २२, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि

नेपालगञ्ज । चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण हात्तीपाइले रोग निवारण चुनौतिपूर्ण बनेको छ । ठूला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक लगायतका पढेलेखेकै वर्ग समुदायले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण नेपालमै हात्तीपाइले रोग निवारण चुनौतिपूर्ण बनेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आज राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्वन्धि गैरसरकारी संघसंस्थासँगको अन्तरक्रियामा महाशाखा प्रमुख राम बहादुर चन्दले जानेबुझेका व्यक्तिबाटै अभियानमा असहयोग भइरहेको गुनासो सुनाए । बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान चलिरहेको छ ।

६ वर्षमै अभियान सकिने भए पनि सबै मानिसहरुले औषधि नखाइदिएका कारण निवारण अभियान प्रभावित छ । बाँकेमा समुदायस्तरमै हात्तीपाइले रोगको संक्रमण रहेको परीक्षणका क्रममा पुष्टि भइसकेको छ । औषधि सेवन गर्नेले सेवन गरिरहने तर नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न सकेको छैन ।

कतिपयलाई औषधिबारे जानकारी नै नभएर, कतिपयलाई औषधिको असरको डर र कतिपय अफवाहको पछि लाग्दा खानै पर्ने औषधि नखाइदिएका कारण निवारण चुनौतिपूर्ण देखिएको चन्द बताउँछन् । नेपालगञ्जमा गएको फागुन ५ गतेदेखि १४औं चरणको औषधि सेवन अभियान चलिरहेको छ । सबैलाई औषधि खुवाउने गरी समुदायस्तरमा अभियानलाई प्रभावकारी गराउने नीतिका साथ अगाडि बढिएको उनले बताए ।

अहिलेसम्म ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा ५० प्रतिशत भन्दा कमले औषधि खाएका छन् । हात्तीपाइले रोग निवारणका लागि औषधि सेवनको विकल्प नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महत्तोले बताए

कार्यक्रममा नेपालगञ्ज उमपहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा। रोशनलाल चौधरी, मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासन प्रमुख नोदनारायण चौधरी लगायतले हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका लागि सामूहिक अभियान थाल्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विनोद विकले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १९:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण
जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP