नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ३०, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो ।

वार्षिकरुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ । आज एक कार्यक्रमका बीच नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकालाई पूर्ण खोप घोषणा गरेका हुन् । उनले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने बताए ।

उनले त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन समेत दिएका छन् । कोहलपुर नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारितालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चितीकरणमा पर्न नहुने नगर प्रमुख आचार्यले बताए ।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । उनले संक्रामक रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताइन् । कोहलपुर नगरपालिका ११ की वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले बालबालिकालाई विभिन्न रोगहरुबाट जोगाउन खोपको विकल्प नभएको बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा आफूहरु सजग रहेको बताए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट बोल्दै बिना चालिसेले बालबालिकालाई नियमित खोप प्राप्तिका लागि अझै पनि अभिभावकलाई सचेत पार्न जरुरी रहेको बताइन् ।

कोहलपुर नगरपालिका अन्तर्गत जन्मेदेखि ११ महिनाका एक हजार नौ सय १२ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएपछि शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए । पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार नौ सय ९१ जनाले समेत सबै खोप लगाएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत अमृत रानाले जानकारी दिए । सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३९ जनाले खोप लगाउन छुटेका पाइएपछि उनीहरुलाईलाई पनि खोप लगाइएको रानाले बताए ।

उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिले कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो । स्वास्थ्य शाखा प्रमुख सेन ठकुरीले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । घोषणा कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP