नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३१, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै ९ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १ हजार ३९९ जना बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ । उनीहरु सबैले पाउनुपर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

पालिका अध्यक्ष पौडेलले कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताए । उनले स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने बताए । उनले लगानीको प्राथमिकता निर्धारण गर्न पनि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकता रहेको पनि पालिका अध्यक्ष पौडेलले बताए । पूर्वाधारमा मात्रै लगानी गरेर अर्थ नहुने भन्दै स्वस्थ जनशक्ति नभए त्यसको अर्थ नहुने पनि उनले प्रष्ट पारे । उनले स्वाास्थ्य संवेदनशील रहेकाले त्यसै अनुसार काम गर्नुको विकल्प नभएको बताए ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले सबैको सहयोगका कारण पालिकालाई दिगोपना घोषणा सम्भव भएको बताइन् । उनले खोप सुनिश्चितताका लागि महिला स्वयंसेविकाहरुले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताइन् । उनले खोपमा सबै बालबालिकाहरुको सहज खोपका लागि खोप केन्द्र बिस्तारमा ध्यान दिइने पनि बिश्वास दिलाइन् । उनले खोप केन्द्रलाई आवश्यक बजेटको समेत प्रबन्ध गरिने प्रतिवद्वता जनाइन् । पालिका उपाध्यक्ष थारुले पालिकाको समग्र स्वास्थ्यप्रति पालिका सचेत रहेको बताइन् ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले खोप नियमित अभियान भएकाले यसलाई दिगोपना सुनिश्चित गर्ने काम भइरहेको बताए । उनले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । खोपलाई सबैको पहुँचमा केन्द्रित गर्ने गरी काम गरिने प्रतिवद्धता जनाए ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले १४ ओटा विभिन्न रोगहरुबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिए । उनले सबै बालबालिकाले खोप लगाइसकेपछि प्रत्येक वर्ष खोप सुनिश्चित गर्ने गरिएको जानकारी दिए । राप्तीसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ ओटा पालिका मध्ये ६ ओटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिसकेको जानकारी दिए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा अध्यक्षहरुको तर्फबाट राप्तीसोनारी गाउँपालिका ९ का वडा अध्यक्ष सोहनलाल थारु, राजनीतिक दलको तर्फबाट एमालेका तुल्सीराम चौधरी, कार्यपालिका सदस्यहरुको तर्फबाट केशव दमाई, स्वास्थ्यकर्मीका तर्फबाट राप्तीसोनारी गाउँपालिका १ स्थित कुसुम स्वास्थ्य चौकीका प्रमुख शंकर बहादुर डाँगी, स्वयंसेविकाको तर्फबाट फूल कुमारी थारु लगायतले बोलेका थिए ।

घोषणा कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, बिश्व स्वास्थ्य संगठनका खोप अधिकृत आशा चौधरी, स्वास्थ्य कार्यालय बाँकेका चेन कोल्ड अधिकृत जनकलाल गिरी, सिअहेव अधिकृत सिताराम चौधरी, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र बहादुर केसीले गरेका थिए । 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP