नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पताललाई परीक्षणको दायरा बढाएर सम्भावित महामारीको जोखिम नियन्त्रणमा सघाउन आग्रह
भेरी अस्पताललाई परीक्षणको दायरा बढाएर सम्भावित महामारीको जोखिम नियन्त्रणमा सघाउन आग्रह
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १, २०८२ बागेश्वरी पोस्ट
भेरी अस्पताललाई परीक्षणको दायरा बढाएर सम्भावित महामारीको जोखिम नियन्त्रणमा सघाउन आग्रह

नेपालगञ्ज । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको परिसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छ । आइएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले त्यहाँ स्वास्थ्य परीक्षणका लागि आमनागरिकहरुको भीड त लाग्छ नै, विशेष प्रकारका रोगहरुको परीक्षण समेत गर्ने गरिएको छ । परीक्षणका लागि देशका विभिन्न अस्पतालहरुबाट स्याम्पल प्रयोगशालामा जाने गरेको छ ।

'रोगको खोजपड्ताल, निदान, रोकथाम, उपचार, अनुसन्धान र स्वास्थ्य प्रवद्र्धनमा हामीले नीतिगत पैरवी समेत गर्दै आइरहेका छौं,' प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टले नेपालगञ्जमा आज आयोजित एउटा कार्यक्रममा भने–‘पब्लिक हेल्थसँग जोडिएका कार्यक्रमलाई सबैले राष्ट्रिय अभियानका रुपमा ग्रहण गरेर सहयोग गर्नुपर्छ ।’

रोगको पहिचान, निदान, उपचार र रोकथामको लागि स्वास्थ्य प्रयोगशाला सेवालाई समयसापेक्ष सुदृढीकरण गरी क्रमिक रुपमा स्थानीयस्तरसम्म बिस्तार गरिनु अहिलेको आवश्यकता रहेकोमा उनको जोड छ । भेरी अस्पतालका फिजिसियन, बालरोग विशेषज्ञ, मेडिसिन विभाग, प्रयोगशालाकर्मी लगायत सम्मिलित उक्त कार्यक्रममा निर्देशक डा. भट्टले भेरी अस्पताललाई परीक्षणको दायरा बढाएर सम्भावित महामारीको जोखिम नियन्त्रणमा सघाउन पनि आग्रह गरे ।

May be an image of 1 person, studying and text that says 'Wortd Healh Nrgai NationalntegratedSurvllate.Ne National Integrated Surveillance Network On-site monitoring and orientation workshop 2025 ated Surveillance Network onitoring and workshop I 2025'

भाइरसको ट्रेण्ड पत्ता लगाउने भनेकै त्यसको परीक्षण भएकाले कम्तिमा त्यस्ता स्याम्पलहरु संकलन गरेर परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउन उनले आग्रह गरे । महामारी अगावै त्यसको पहिचान गर्न सकिए रोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने र त्यस्ता महामारीविरुद्ध नीति बनाउन सहज हुने पनि उनको भनाई छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालले परीक्षणको दायरा बढाउने प्रतिवद्धता जनाए । उनले संकलित स्याम्पल परीक्षणका लागि पठाउनै चुनौति रहेको समेत बताए । ‘संकलित स्याम्पलको ट्रान्सपोर्टेसन नै परीक्षण शुल्क भन्दा पनि महंगो पर्न जान्छ,' उनी भन्छन्–‘यसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि हाम्रो सम्झौता भएको छ । अब केही विकल्प निकालेर सहजता खोज्ने प्रयास रहनेछ ।’

May be an image of 1 person, studying and text that says '후 ne National Integrated Surveillance Network On-site monitoring and 2025 orientation workshop Bheri Hospital Lumbini Province May P025'

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. प्रणित शर्माले परीक्षण दर बढाउँदा इन्फ्लुएन्जा भाइरसको जोखिम पहिचानमा सहजतासँगै त्यसको रोकथामका लागि राज्यलाई नीति बनाउन सहज हुने बताए । राष्ट्रिय प्रयोगशालाका सहप्रमुख मेडिकल ल्याव टेक्निसियन बालकृष्ण अवालले परीक्षण दर बढाउँदा सम्भावित महामारी व्यवस्थापनमा सहजता हुने उल्लेख गरे । कार्यक्रमको सहजीकरण प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले गरेका थिए । 
 


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १९:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
योग समिति नेपालको ४१औं योग केन्द्र उद्घाटन
योग समिति नेपालको ४१औं योग केन्द्र उद्घाटन
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP