नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसमा सुविधा सम्पन्न 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' सुरु
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसमा सुविधा सम्पन्न 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' सुरु
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३, २०८२ बागेश्वरी पोस्ट
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसमा सुविधा सम्पन्न 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' सुरु

नेपालगञ्ज । सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरेको छ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा पुगेका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालल नै उपचार गर्ने गरी सुविधा सम्पन्न 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' सुरु गरिएको अस्पतालका न्युरो साइन्सेस विभाग प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिले जानकारी दिए ।

सञ्जिवनी कलेजमा 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा 'प्राइमेरी स्ट्रोक केयर सेन्टर' को नेपालगञ्जमा शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच अस्पतालका फाउण्डर डा. सुरेश कुमार कनोडिया र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाईले सुभारम्भ भएको घोषणा गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिइओ सन्तोष विएन, डा. केदार अग्रवाल, सञ्जिवनी कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाई, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डे लगायतको उपस्थिति रहेको थियो । मस्तिष्कघात भएका गम्भीर बिरामीको उपचार सञ्जिवनी कलेजमा रहेको 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' मा हुनेछ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा प्रारम्भिक मस्तिष्क घातको केयर र उपचार हुनेछ ।

'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' मा १६ वेडको छुट्टै आइसीयू वार्ड रहनेछ । 'कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर' मा कन्सल्टेन्ट न्युरो सर्जन डा. कोलाक्षपतिको नेतृत्वमा एमसिएच न्युरो सर्जन डा. निरज घिमिरे, एमडी/डीएम कार्डियोलोजिष्ट डा. कृष्ण चन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. लेखनाथ बराल, न्युरो क्रिटिकल केयर, एनेथेसियोलोजिष्ट, इमर्जेन्सी तथा न्युरो रिहाबिलिटेसनको समूह तैनाथ रहनेछ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको 'प्राइमेरी स्ट्रोक केयर सेन्टर' मा एमए/एमसिएच न्युरो सर्जन डा. सुवोध गौतमको नेतृत्वको टिम बिरामीको उपचारमा खटिनेछ । मस्तिष्कघातका कारण मानिसहरुको अकालमा ज्यान गुमाउने अनुपात अस्वभाविक रुपमा बढ्दै जानु र कतिपय मानिसहरु आजीवन अपांगता भएर अरुकै भरमा बाँच्नुपर्ने अवस्थालाई ध्यानमा राखेर डेडिकेटेड स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको सिइओ डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।

मस्तिष्कघात भएका बिरामी ४/५ घण्टाभित्रै अस्पताल पुगे उनीहरुको ज्यान जोगिने मात्र नभएर आजीवन अरुकै भरमा बाँच्नुपर्ने अवस्थाको समेत अन्त्य हुने चिकित्सकहरु बताउँछन् ।


प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १९:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
योग समिति नेपालको ४१औं योग केन्द्र उद्घाटन
योग समिति नेपालको ४१औं योग केन्द्र उद्घाटन
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP