नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • उपेक्षामा अल्बिनो प्रभावितहरु, अपांगताको सूचीमा समावेश गर्न माग
उपेक्षामा अल्बिनो प्रभावितहरु, अपांगताको सूचीमा समावेश गर्न माग
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ७, २०८२ बागेश्वरी पोस्ट
उपेक्षामा अल्बिनो प्रभावितहरु, अपांगताको सूचीमा समावेश गर्न माग

नेपालगञ्ज । अल्बिनो भएका ब्यक्तिहरुलाई राज्यले अपांगताको दर्जा दिए पनि अपांगताको सूचीमा राखेको छैन । अल्बिनो भएका ब्यक्तिहरु आत्मसम्माान र रोजगारीसंगै अपांगताको सूचीमा आफूहरुलाई समावेश गरेर राज्यले विशेष सुविधा दिनुपर्ने बताउँछन् । अलबिनो एक प्रकारको अपाङ्गता हो । शरीरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमीले छाला र कपाल सेतै हुने समस्यालाई अलबिनो भनिन्छ ।

अलबिनो भएका व्यक्तिलाई घाममा हिँड्दा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरु हुन्छन् । जसले गर्दा उनीहरुलाई पढ्न, लेख्न तथा रोजगारीका लागि समेत समस्या हुने गरेको राष्ट्रिय अपांग अल्बिनो नेपालका केन्द्रिय अध्यक्ष टेकराज जैसी बताउँछन् । घाममा जाँदा ग्राह्रो हुने र दृष्टिमा पनि समस्या हुने अवस्थालाई समेत राज्यले विभेद गर्दा आफूहरु निकै दुःखी हुने अल्बिनो प्रभावितहरु बताउँछन् । अपांगताको सूचीमा समावेश नगरेर अल्बिनो भएका ब्यक्तिहरुमाथि अन्याय भएको दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ घर भई हाल नेपालगञ्ज बस्दै आएकी अल्बिनो प्रभावित भगवती भण्डारीको गुनासो छ ।  

अल्बिनो भएका कारण छालाको संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो ब्यक्तिहरु घाम भएको अवस्थामा हिँड्ड्ल गर्न सक्दैनन् । घामले पोल्दा पनि आगोले पोलेको जस्तो हुने उनीहरु बताउँछन् । त्यसका लागि सनस्क्रिन क्रिम लगाउँदा सहज हुने भएकाले सरकारले आफूहरुलाई निःशुल्करुपमा उपलब्ध गराउनुपर्ने माग अल्बिनो प्रभावितहरुको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ की कविता विश्वकर्मा आफूहरुलाई घाममा हिँड्डुल गर्न अनिवार्यरुपमा सनस्क्रिन क्रिम लगाउनुपर्ने बाध्यता हुने हुँदा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने माग गर्छिन् ।

अलबिनो संक्रमण सरुवा रोग होइन । यो एक प्रकारको रसायनको गडबडीले हुने बंशाणुगत समस्या हो । त्यसैले उनीहरुलाई विभेद गर्न नहुने चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा. बद्री चापागाईंले अलबिनो प्रभावितहरुलाई हेयको दृष्टिकोणले नभई सम्मानित ब्यवहार गर्नुपर्ने बताउँछन् । "यो बंशाणुगत समस्या हो, उहाँहरुलाई घाममा निकै गाह्रो हुन्छ, त्यसैले उहाँहरुको बृत्ति विकासमा विशेष ध्यान दिनुपर्दछ," डा. चापागाईंले भने । नेपालमा करीब ८ देखि १० हजार जना अल्बिनोबाट प्रभावित भएको अनुमान छ ।


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP