prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १७, २०८२ बागेश्वरी पोस्ट
विश्व सुर्तीजन्य पदार्थरहित दिवस: नेपालगन्जमा हाजिरीजवाफ

नेपालगन्ज । नेपालगन्जमा विश्व सूर्तीजन्य पदार्थरहित दिवस २०२५ को अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा मध्यपश्चिम प्राविधिक शिक्षालय प्रथम भएको छ । दिवसको अवसरमा नेपालगन्ज उपमहानरपालिकाको आयोजनामा शुक्रबार उपमहानरपालिका परिसरमा भएको प्रतियोगितामा मध्यपश्चिम प्रथम हुन सफल भएको हो ।

यस्तै प्रतियोगितामा सुष्मा कोइराला मेमोरियल कलेज द्वितीय हुन सफल भएको छ भने कलेज अफ अलाइड हेल्थ साइन्स नेपालगन्ज तृतीय स्थान ल्याउन सफल भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश: नगद दुई हजार, एक हजार पाँच सय र एक हजार तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

विजयी कलेजका विद्यार्थीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा बोल्दै नगर प्रमुख बिष्टले सूर्तीजन्य पदार्थको सेवन हानिकारक भएको बताए । यो नराम्रो कार्य भएकाले सबैले यस्ता कुलतलाई त्याग्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विद्यार्थीहरु भनेको यसलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको व्यक्ति भएको बताएका थिए । उनले यसखालको कुलत बिरुद्ध सबैको सक्रियतासँगै विद्यार्थी एम्बासडरका रुपमा प्रस्तुत हुनुपर्ने कुरामा जोड दिएका थिए ।

यसैगरी स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले विद्यालयस्तरमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै यस बिरुद्धमा युवा पुस्ताको आवश्यकता रहेको बताए । कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया, मो. मुजम्मिल हुसेन लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नेपालगन्जका विभिन्न ७ वटा कलेजका विद्यार्थीहरुको समूहले सहभागिता जनाएको फोकल पर्सन एवम् जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताए ।


प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP