नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने

नेपालगञ्ज । नेपालगञ्जमा शनिबार एक दिने निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा वडा नम्बर ४ गणेशपुरस्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा शिविर आयोजना गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले विहान ८ बजेदेखि सुरु हुने शिविर अपरान्ह ३ बजेसम्म सञ्चालन हुने जानकारी दिए । उनले शिविरमा ५०० जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताए । डा. पुनका अनुसार शिविरमा पाचन प्रणाली सम्बन्धि समस्याहरु, अस्थिपञ्जर प्रणाली सम्बन्धि समस्या, स्नायु तथा मांशपेशी समस्या, मूत्र प्रणाली, श्वासप्रश्वास, छाला लगायत समस्या भएका विरामीहरुलाई सेवा दिइनेछ ।

शिविरमा डा. पुन लगायत डा. सरोजमणि पोख्रेल, डा. प्रवेश श्रीवास्तव, डा. आलोक पाण्डे, डा. गिता रेग्मी, डा. कृष्ण चापागाई, डा. अकबर अली, डा. मनोज कुमार यादवले विरामीको स्वास्थ्य चेकजाँच गर्ने जनाइएको छ । उनीहरुलाई औषधि समेत उपलब्ध गराइनेछ । पछिल्लो समय आयुर्वेदप्रति सर्वसाधारणको विश्वास बढ्दै गएकाले शिविरमा लक्ष्य भन्दा बढीले सेवा लिने अपेक्षा गरिएको डा. पुनले बताए । आयुर्वेद शाखाका अनुसार नेपालगञ्जको जयसपुर, परसपुर र भवानियापुर आयुर्वेद औषधालयले कार्यालय समयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा निरन्तर उपलब्ध गराइरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक मेयर कमरुद्दिन राईले आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तत्पर रहेको बताए । पत्रकार सम्मेलनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत इन्द्र केसीले गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP