prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा १९४ जना पत्रकारको निःशुल्क आँखा जाँच
बाँकेमा १९४ जना पत्रकारको निःशुल्क आँखा जाँच
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा १९४ जना पत्रकारको निःशुल्क आँखा जाँच

नेपालगञ्ज । बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । 

नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । औषधि पनि निःशुल्क वितरण गरिएको थियो । चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । गिरीले आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण र संवदेनशिल अंग भएकाले बेला बेलामा आफ्नो आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो परोपकारी काममा सहकार्य गरेर पत्रकारहरुलाई यो अवसर प्रदान गरेको भन्दै गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनलाई धन्यबाद ज्ञापन गरे । 

संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे । स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे । 

कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवीहरु हरिष गुप्ता, शिव कुमार बर्मा लगायतले स्वर्गीय गौरबले संस्थामा गरेको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कामहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार एवम् पत्रकार मधु पौडेलले गरेका थिए । 

दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । अधिकांश पत्रकारहरुमा दुर दृष्टिको समस्या देखिएको कनोजियाले बताए । गौरबको चार बर्ष अघि आजकै दिन निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारहरुलाई सहयोगसंगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताए । 

यसैबीच त्यस अवसरमा गौरब स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको “लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेता नेपालगञ्जकी मोनिका कठायतलाई सम्मान पनि गरेको छ ।

May be an image of 6 people, people smiling, dais and text that says 'चौथो गौरव स्मृति दिवसको अवसरमा पत्रकारहरुको लागि शल्क 3元℃ आईत .ोर यरोग निव हेडणमा लमा) ិ চীচ কঙ্যনদান आयजे गैरव स्मृति सेल्फ លនន 하렌의 DERM JEANS)))B >DE TMENTIE DENIUG : NYC ETIC'

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष एवम् महासंघ बाँकेका पूर्व अध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, गौरब स्मृति तथा बि। योर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले संयुक्तरुपमा सम्मान गरेका थिए । 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP