नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'ग' वर्गको अपांगता भएकालाई नेपालगन्जले गरिदियो स्वास्थ्य बीमा
'ग' वर्गको अपांगता भएकालाई नेपालगन्जले गरिदियो स्वास्थ्य बीमा
बागेश्वरी पोस्ट
सोमबार, असार २, २०८२ बागेश्वरी पोस्ट
'ग' वर्गको अपांगता भएकालाई नेपालगन्जले गरिदियो स्वास्थ्य बीमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक 'ग' बर्गको अपांगता भएका व्यक्तिको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ । नगरभित्रका १९२ परिवारको नि:शुल्क बीमा गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पबित्रा कुमारी पुरी, स्वास्थ्य बीमा बोर्डका बाँके जिल्ला संयोजक रमेश आचार्य लगायतले आज एक कार्यक्रमका बीच बीमितलाई बीमा कार्ड हस्तान्तरण गरेका छन् । 

कार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले 'ग' बर्गको अपांगता भएका व्यक्तिहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाउने भएकाले औषधि उपचारमा सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले नै बीमा गरिदिएको बताए । उनले यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आगामी आर्थिक वर्षमा 'अल्बिनो' भएका व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गर्ने उद्घोष गरे । विष्टले नेपालगन्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउन र अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा बढाउन प्रयासरत रहेको बताए । 

उपप्रमुख राईले आफूहरुको कार्यकालसम्म बीमा कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य बीमा बोर्डका बाँके जिल्ला संयोजक आचार्यले स्वास्थ्य बीमाबारे बीमितलाई जानकारी गराएका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले भदौ १ गतेदेखि लागू हुने गरी 'ग' बर्गको अपांगता भएका व्यक्तिहरुको बीमा गरेको महिला विकास अधिकृत आशा कुमारी शाहीले बताइन् । 

स्वास्थ बीमामा आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जना भन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिबी र एचआइभी संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पूर्ण छुटको व्यवस्था गरिएको छ ।

५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जना भन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ । र, परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाइन्छ । 


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP