Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ५, २०८२ बागेश्वरी पोस्ट
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम

नेपालगन्ज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम संचालन गर्ने भएको छ । नेपालमा लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ । त्यही भएर बढ्दो मातृ तथा बाल मृत्युदर घटाउनका लागि विशेष कार्यक्रम चलाउन लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले बताए ।

पोषण समस्या पनि मृत्यु मध्येको एउटा कारण भएकाले अभियान चलाउन लागिएको उनले बताए । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विषेश कार्यक्रम गर्न लागिएको छ ।

आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम गर्न लागिएको उनले बताए । त्यसका लागि मन्त्रालयले ८ करोड बजेट नै बिनियोजन गरिसकेको छ । 

पोषण अवस्थामा सुधार एवम् बाल तथा मात्री मृत्युदर घटाउन आज नेपालगन्जमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया कार्याशाला गोष्ठीमा सहभागी बक्ताहरुले बालबालिकामा कुपोषणको प्रभाव रोक्न जनस्वास्थ्यका क्रियाकलापलाई बढाउनु पर्नेमा जोड दिए । 

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढ्ने बताइन् । आवश्यकताका आधारमा मन्त्रालयले योजना र बजेटको परिचालन गर्ने पनि उनले बताइन् । कतिपय स्थानीय तहले आधारभूत स्वास्थ्य संस्था राम्रोसंग चलाएको पनि उनले जानकारी गराइन् । 
 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, पालिकाका सामाजिक विकास समितिका संयोजकहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य शाखाका प्रमुखहरु लगायतले पोषण सुधारमा भइरहेका प्रयासबारे जानकारी गराएको स्वास्थ्य कार्यालय बाँकेक निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP