prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ५, २०८२ बागेश्वरी पोस्ट
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

नेपालगन्ज । बाँके जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरे । 

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले खोप लिन छुटेका ६४६ जना बालबालिकालाई खोप उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिए । उनले जन्मेदेखि १५ महिनासम्मका १२ हजार ९३७ र १६ महिनादेखि २३ महिनासम्मका ९ हजार ५१३ जनालाई नियमित खोप प्राप्त गरेको पनि बताए । 

समन्वय समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले   बालबालिकाहरुलाई विभिन्न रोगबाट जोगाउन नियमित खोप महत्त्वपूर्ण रहेको बताइन् ।

यस्तै प्रदेश सभा सदस्य सुशिला नेपालीले पूर्ण खोप दिगोपनालाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस्तै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याएर शिशु मृत्युदर न्यूनीकरणमा जोड दिइन् । 

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यान्वयनका लागि प्रतिबद्धता जनाए कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP