नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ११, २०८२ बागेश्वरी पोस्ट
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र

सुमित्रा सुवेदी/नेपालगञ्ज । नेपालगञ्ज–६ की ५० वर्षीया गुड्डी यादव ६ महिनासम्म सेतो पानी बग्ने समस्याबाट पीडित थिइन् । एक जना साथीकै सल्लाहमा तीन महिना पहिले आयुर्वेद केन्द्र पुगेकी गुड्डीले निःशुल्क औषधि सेवन गरेपछि अहिले पूर्णरूपमा स्वस्थ महसुस गरिरहेको बताइन् । ‘‘सुरुमा लाज लाग्थ्यो, पछि गएर उपचार गर्दा अहिले आराम छ, अब अरूलाई पनि यही सल्लाह दिन्छु,’’ उनले भनिन् ।

त्यस्तै, वडा नम्बर ९ की ४० वर्षीया शकुन्तला भट्टराईलाई वर्षौंदेखि घुँडामा पीडा थियो । धेरै ठाउँ उपचार गराउँदा पनि खासै सुधार भएन । योग गर्न आयुर्वेद केन्द्र जाँदा चिकित्सकले थेरापी र तेल मालिस सिफारिस गरे । अहिले उनी सजिलै भ¥याङ चढ्न सक्ने भएकी छन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले महिला स्वास्थ्य, पोषण र जीवनशैली सुधारका लागि सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमले यादव र भट्टराई जस्ता धेरै महिलालाई लाभ पुर्याएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्गत महिला लक्षित कार्यक्रममार्फत सन्चालित यी अभियानले आमा–शिशु स्वास्थ्यदेखि भान्सा सुधारसम्मको चेतना जगाएर समुदायमै सकारात्मक परिवर्तन ल्याएको छ । स्वास्थ्य केन्द्रले हरेक वर्ष भान्सा सुधार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

सस्तो, सहज र आयुर्वेद सिद्धान्तमा आधारित पोषणीय आहारमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु कार्यक्रमको मूल उद्देश्य हो । यही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेका विभिन्न पालिकामा सयौं महिलाहरूले सहभागिता जनाए । पछिल्लो आर्थिक वर्षमा बैजनाथ गाउँपालिका–३ र ८ नम्बर वडामा आयोजना गरिएको कार्यक्रममा ४० देखि ८० जना महिला सहभागी भए । राप्तीसोनारी गाउँपालिकामा पालिकास्तरीय कार्यक्रम तथा कोहलपुर नगरपालिकामा स्वयंसेविका र आमा समूहको सहकार्यमा ६० देखि ८० महिलाले सेवा लिएका थिए । 

कार्यक्रमको उद्देश्य घरेलु आहारमा सन्तुलन ल्याउने, पत्रु खानेकुराप्रतिको आकर्षण कम गर्ने र पोषणीय खाद्य संस्कारको ज्ञान समुदायसम्म पु¥याउने रहेको स्वास्थ्य केन्द्रका सूचना अधिकारी गीता रेग्मी बताउँछिन् । चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको अवधिमा कुल ४ हजार १ सय ९३ जना महिलाले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सेवा लिएका छन् । सेवा लिनेहरूमध्ये ७ महिनादेखि ११ महिनासम्मका २ जना बालिका, १–४ वर्षका ४८ जना, ५ देखि १६ वर्षका १ सय ११ जना, १७ देखि ५९ वर्षका ३ हजार ३२ जना र ६० वर्ष भन्दा माथिका एक हजार जना महिला थिए । 

उनीहरूले प्रायः तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, बाथ, पायल्स, फिस्टुला, फिसर, अम्लपित्त, पिसावसम्बन्धि समस्या लिएर सेवा लिएका थिए । सूचना अधिकारी रेग्मीका अनुसार गर्भवती तथा स्तनपान गराउने आमालाई लक्षित गरी केन्द्रले दुग्धबर्द्धक औषधिहरू समेत निःशुल्क वितरण गर्दै आएको छ । यसमा पुष्यानुग चूर्ण, चन्द्रप्रभा वटी, त्रिफला चूर्ण, अभयारिष्ट लगायतका आयुर्वेद औषधि समावेश छन् । यी औषधिहरू प्रदेश सरकारबाट उपलब्ध हुने गरेका छन् । कार्यक्रमले मातृ–शिशु स्वास्थ्य सुधारसँगै पोषणीय संवेदनशीलता पनि बढाएको बताइन्छ । 

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा १ हजार ५ सय ५१ जना महिलाले पंचकर्म सेवाको प्रयोग गरेका छन् । पंचकर्म अन्तर्गत स्नेहन, एकाङ्ग, सर्वाङ्ग र सिरोधारा थेरापीबाट लाभ लिनेहरू क्रमशः ५ सय ८४, ७ सय ८१, १ सय ८१ र ५ जना रहेका छन् । थकान, बाथ, शारीरिक दुर्बलता, मानसिक अशान्ति लगायतका समस्यामा आयुर्वेदिक थेरापी प्रभावकारी देखिएको सेवा लिनेहरूको अनुभव छ । बाँके, बर्दिया, रूकुम, कर्णाली प्रदेशका साथै भारतको बाबागञ्ज, नानपारा र रूपैडिहाबाट समेत महिलाहरू बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् । यो विश्वासको आधार बनेको सूचना अधिकारी रेग्मी बताउँछिन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले आधुनिक चिकित्सा सुविधामा पहुँच नपुगेका महिला, बालबालिका, किशोरी र वृद्धवृद्धालाई लक्षित गरी सेवा पु¥याउँदै आएको छ । यसले परम्परागत आयुर्वेदिक प्रणालीको पुनर्जागरण मात्र होइन, जनस्वास्थ्य क्षेत्रमा पनि सकारात्मक छाप छोडेको छ । मुख्य रुपमा भान्सा सुधार, पोषण शिक्षा, मातृ–शिशु सुरक्षाको सन्देश, पंचकर्म जस्ता प्राकृतिक थेरापी र सहज उपचार प्रवाहले गर्दा आयुर्वेद स्वास्थ्य केन्द्रप्रति समुदायको विश्वास अझ बढ्दो छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा मात्र दिएको छैन, चेतना जगाएको छ । यसले महिलाहरूलाई स्वस्थ जीवनशैलीतर्फ डो¥याउने मार्गचित्र कोरेको छ — जो आजको स्वास्थ्य संकटको युगमा साँच्चिकै प्रेरणादायी छ ।


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP