नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सैनिक मुख्यालयले यसरी गर्‍यो कोभिड- १९ सम्बन्धी पूर्वाभ्यास
सैनिक मुख्यालयले यसरी गर्‍यो कोभिड- १९ सम्बन्धी पूर्वाभ्यास
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ५, २०७६ बागेश्वरी पोस्ट
सैनिक मुख्यालयले यसरी गर्‍यो कोभिड- १९ सम्बन्धी पूर्वाभ्यास

काठमाडाैं । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।

बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । पूर्वाभ्यासका लागि त्यहाँ ६० भन्दा बढी पाल स्थापना गरिएको छ ।

Dish_Home

सङ्क्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिए । चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ । यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पुर्‍याउनुपर्ने होशियारीलगायत विषयमा जानकारी दिइने छ । पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोभिड–१९ उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्ने छ । सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ का बिरामी फेला परिसकेका छैनन् । रासस


प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP