नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सगरमाथा बोर्डिङले गर्‍यो विद्यार्थीको स्वास्थ्य बीमा
सगरमाथा बोर्डिङले गर्‍यो विद्यार्थीको स्वास्थ्य बीमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ५, २०८२ बागेश्वरी पोस्ट
सगरमाथा बोर्डिङले गर्‍यो विद्यार्थीको स्वास्थ्य बीमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकाँदोमा अवस्थित सगरमाथा इङ्लिस माध्यमिक स्कुलले विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई लक्षित गर्दै एक महत्वपूर्ण सामाजिक सुरक्षात्मक कदम चालेको  छ । विद्यालयले झण्डै आठ सय भन्दा बढी विद्यार्थी र सम्पूर्ण शिक्षक स्टाफको लागि दुर्घटना बीमा योजना सुरु गरेको हो ।जस अनुसार दुर्घटनामा परेमा एक लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ । विद्यालय प्रशासनका अनुसार यो योजना लागू भइसकेको छ । विद्यालयका संस्थापक कृष्ण जिसीले भने, ‘हाम्रो उद्देश्य पठनपाठनमा मात्र सीमित होइन, विद्यार्थी र शिक्षकहरूको समग्र सुरक्षामा पनि केन्द्रित छौं । आकस्मिक दुर्घटनामा स्वास्थ्य उपचारको खर्च ठूलो हुन सक्छ भन्ने सोचेर हामीले बीमाको व्यवस्था गरेका हौं ।’

बीमा योजनाले अभिभावकहरूलाई समेत आश्वस्त बनाएको छ । अभिभावक भन्छन्, ‘अहिलेका दिनमा कुनै पनि दुर्घटना भयावह हुन सक्छ । यस्तो बीमा हुँदा मनमा ढुक्क हुन्छ कि उपचारमा ढिलो हुने छैन ।’ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि यसलाई सकारात्मकरूपमा लिएका छन् । कक्षा ८ की छात्रा स्वस्तिका गौतम भन्छिन्, ‘हामी खेलकुद, परेड जस्ता क्रियाकलापमा संलग्न हुन्छौं । चोटपटक लाग्न सक्छ, तर बीमा भएकाले अब हामी नडराई खुला रूपमा भाग लिन सक्छौं ।’ सामान्यतया निजी विद्यालयहरूले शिक्षण गतिविधिमा मात्र ध्यान दिने परिपाटीबीच सगरमाथा इङ्लिस माध्यमिक स्कुलको यस्तो कदम अनुकरणीय छ । 

यसैबीच विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुँदै बाँके जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यालयमै प्राथमिक उपचार कक्ष स्थापना गर्ने अभ्यास सुरु गरेका छन् । यस कार्यको अगुवा बनेको छ, सगरमाथा, जसले २०७४ सालमै बाँके जिल्लामा पहिलोपटक यस्तो कक्ष सञ्चालन गरेर नयाँ पहलकदमी थालेको थियो । अहिले यस्तो अभ्यास सगरमाथामा मात्र सीमित छैन । अन्य सामुदायिक तथा संस्थागत विद्यालयसम्म पुगेको छ ।

स्कुलका संस्थापक जिसीका अनुसार, विद्यालयमा अध्ययनरत बालबालिकालाई स–साना चोटपटक, चक्कर, टाउको दुखाई जस्ता सामान्य स्वास्थ्य समस्या परेमा तत्काल राहत दिन सकियोस् भन्ने उद्देश्यले प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो । ‘शिक्षा मात्र होइन, विद्यार्थीको स्वास्थ्य पनि हाम्रो प्राथमिकताको विषय हो,’ जिसीले भने, ‘२०७४ सालमा जब हामीले यो सुरु गर्‍यौं, धेरैले यसलाई विशेष आवश्यकता नै मानेनन् । तर, अहिले धेरै विद्यालयले त्यसको आवश्यकता महसुस गर्न थालेका छन् ।’ विद्यालयहरूमा अब ‘फस्ट एड बक्स’ मात्र होइन, थर्मोमिटर, रक्तचाप नाप्ने यन्त्र, पट्टि, आवश्यक औषधि र स्यानिटाइजर सहितको उपचार सामग्री उपलब्ध हुन थालेको छ । 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP