नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • काँग्रेस क्षेत्र नं. १ बाँकेद्वारा निःशुल्क स्वास्थ्य शिविरः एक सय बढी महिलाको पाठेघर परीक्षण
काँग्रेस क्षेत्र नं. १ बाँकेद्वारा निःशुल्क स्वास्थ्य शिविरः एक सय बढी महिलाको पाठेघर परीक्षण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ७, २०८२ बागेश्वरी पोस्ट
काँग्रेस क्षेत्र नं. १ बाँकेद्वारा निःशुल्क स्वास्थ्य शिविरः एक सय बढी महिलाको पाठेघर परीक्षण

नेपालगञ्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले बाँकेको राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुरमा महिलाहरुलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्व. वीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा आज आयोजित महिलाहरुको पाठेघरको मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्वन्धि शिविरमा स्थानीय एक सय बढी महिलाहरुले सेवा लिएका छन् । नेपालगञ्जस्थित एचसीआरसी हस्पिटलकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मञ्जु विसीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँचसँगै परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा आएका अधिकांश महिलामा सेतो पानी वग्ने, पाठेघर खस्ने तथा बाँझोपनको समस्या देखिएको डा. विसीले जानकारी दिइन् । भिआइए परीक्षणमा एक-दुई जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण चिन्ह देखिएको बताउँदै उनले थप परीक्षणका लागि रिफर गरिएको बताइन् ।

May be an image of 7 people, temple and text

डा. विसीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर अहिले सबैभन्दा चुनौतिपूर्ण बनेको बताइन् । उनले नियमित चेकजाँचको अभाव र स्वास्थ्यप्रतिको हेलचेक्र्याइँका कारण महिलाहरुको पाठेघरको क्यान्सरसँग जुधिरहेको समेत उल्लेख गरिन् । उनले आफ्नो स्वास्थ्यप्रति सजग रहन महिलाहरुलाई आग्रह समेत गरिन् । एचसीआरसी हस्पिटलसँगको प्राविधिक र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा भएको उक्त शिविरमा महिलाहरुमा बढ्दो पाठेघरको मुखको क्यान्सर रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले शिविर गरिएको काँग्रेस क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका महिलाहरुलाई प्राथमिकतामा राखेर गाउँघरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार सेवा प्रदान गरिएको हो । काँग्रेस राजनीतिक मुद्दामा मात्र केन्द्रित नभएर आमनागरिकको स्वास्थ्यप्रति पनि अत्यन्तै सजग र जिम्मेवार रहेको पनि उनले बताए ।

काँग्रेस लुम्विनी प्रदेश सभा सदस्य तथा पार्टीकी प्रदेश स्वास्थ्य विभाग प्रमुख अञ्जना पाण्डेले महिलाहरुमा लाज र डरका कारण रोगहरु लुकाउने प्रवृत्ति रहेको भन्दै गाउँघरमा आयोजना गरिने यस्ता शिविरले उनीहरुलाई ठूलो राहत दिने बताइन् । उनले विशेषज्ञ चिकित्सकहरुबाटै स्वास्थ्य सेवा प्रवाह गरिँदा रोगको पहिचान समयमै हुने र त्यसले उपचारमा पनि सहजता ल्याउने बताइन् । काँग्रेस लुम्विनी प्रदेशका सल्लाहकार हुर्मत न्यौपानेले पनि विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नभएका महिलाहरुलाई फाइदा पुग्ने बताए । प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य देव बहादुर खाँड, प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 6 people and child


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP