नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ
नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १२, २०८२ बागेश्वरी पोस्ट
नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल रक्तसंचार दिवसको अवसरमा नयाँ भवनबाट सेवा प्रारम्भ गरको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा भेरी अस्पताल परिसरभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा रक्तसंचार सेवाका लागि नवनिर्मित नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा भवनबाट दिवसका अवसरमा सेवा प्रारम्भ भएको हो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि मीन बहादुर मल्लले नवर्निमित भवनको मूल प्रवेशद्वारको रिबन काटेर रक्तसंचार सेवा प्रारम्भ भएको घोषणा गरे । उनले नेपाल रेडक्रसको विभिन्न सेवा मध्ये रक्तसंचार मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने एक महत्वपूर्ण सेवा रहेको बताए । उनले रक्तसंचार सेवाले गुणस्तरीय सेवा प्रवाह गरिरहेको उल्लेख गरे । नेरेसो बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले भवन निर्माणका लागि सहयोग गर्ने पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इश्तियाक राईलाई धन्यवाद व्यक्त गर्दै रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुप्रति प्रकट गरे । 

रक्तसंचार सेवाबाट आर्थिक बर्ष २०८१/२०८२ मा १६ हजार १ सय ५१ पिन्ट रगत सकंलन र २३ हजार १ सय ९६ पिन्ट रगत वितरण भएको छ । रक्तसंचार सेवाबाट डाक्टरको सिफारिसमा पि.आर.पी., एफ.एफ.पी. प्याकसेल, (सेतो रक्तकोष) होल ब्लड र फ्रेस ब्लड उपलब्ध गराउँदै आएको ब्लड बैंकका इन्चार्ज उपेन्द्र रेग्मीले बताए । रक्तसंचार सेवा दिवसका अवसरमा दैलेखी सेवा समाजमा आवद्ध सदस्यहरुले ६५ पिन्ट रक्तदान गरेका छन् ।

नेरेसो रक्तसंचार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका महामन्त्री मल्ल, शाखा सभापति सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह लगायतले विचार व्यक्त गरेका थिए भने बार्षिक प्रतिवेदन ब्लड बैंकका इन्चार्ज उपेन्द्र रेग्मीले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेरेसो जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र दैलेखी सेवा समाजका व्यक्ति र स्वयंसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शाखाका लेखा अधिकृत झविलाल शर्माले गरेका थिए । 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP