नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आर्थिक वर्ष २०८१–०८२ मा भेरी अस्पतालमा २ लाख बढीले ओपिडी सेवा लिए
आर्थिक वर्ष २०८१–०८२ मा भेरी अस्पतालमा २ लाख बढीले ओपिडी सेवा लिए
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १३, २०८२ बागेश्वरी पोस्ट
आर्थिक वर्ष २०८१–०८२ मा भेरी अस्पतालमा २ लाख बढीले ओपिडी सेवा लिए

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा बर्सेनी विरामीको चाप बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । तर, बजेट भने घट्दै गएको छ । आर्थिक वर्ष २०८१–०८२ मा मात्रै २ लाख बढीले ओपिडी सेवा लिएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बर्सेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए ।

आर्थिक वर्ष २०८१–०८२ मा २ लाख २१ हजार ५०२ जनाले ओपिडी सेवा लिएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०–०८१ भन्दा २२ हजार २०३ ले बढी हो । आर्थिक वर्ष २०८०–०८१ मा १ लाख ९९ हजार १७२ जनाले ओपिडी सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९–०८० मा १ लाख ६५ हजार ६८३ जनाले ओपिडी सेवा लिएका थिए ।

‘बर्सेनी बिरामीको चाप बढ्दै गए पनि संघीय सरकारबाट प्राप्त हुने बजेट घट्दै गएको छ,' अस्पतालको चुनौतिबारे उनले भने–‘यसले सेवाग्राहीलाई दिनुपर्ने सेवा प्रवाहमै असर गरिरहेको छ ।’ आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकारले भेरी अस्पताललाई १९ करोड बजेट विनियोजन गरेको थियो भने २०८०–०८१ मा १३ करोड कटौति गर्दै केवल ६ करोड मात्रै बजेट पठाएको थियो । आर्थिक वर्ष ०८१–०८२ मा त झन ५ करोडमा सीमित बनेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए । 

अस्पतालले पछिल्लो एक वर्षमा ३ हजार ७ सय ८८ जनाको शल्यक्रिया गरेको जनाएको छ । मेजर शल्यक्रिया मात्रै २ हजार ८ सय ६० वटा गरिएका छन् भने माइनर शल्यक्रिया ५ सय ८६ र मध्यम शल्यक्रिया ३ सय ४२ वटा गरिएका छन् । भेरी अस्पाललले सोमबार मात्रै आफ्नो १३५औं बार्षिकोत्सब मनाएको छ । 
 


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP