prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २७, २०८२ बागेश्वरी पोस्ट
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 

नेपालगञ्ज । संविधान पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८७औं जन्मजयन्तीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको मटेहियामा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

नेपाली काँग्रेस बाँकेको आयोजना एवम् नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सह-आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । काँग्रेसले सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा उपलव्ध गराउने योजना अनुरुप संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो । ‘बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको र जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्य लगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको हो’-नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले भने । 

स्वास्थ्य शिविरमा बाँकेका केही पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइएको जनाइएको छ । अध्यक्ष बस्नेतका अनुसार शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रालिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभ सिंह हमाल, कन्सल्टेन्ट फिजिसियन डा. प्रतिभा भण्डारी, मेडिकल अफिसर शिवा आले  तथा ल्याब टेक्निसियनसहितको स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ५०० बढीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । 

May be an image of 4 people, people studying and hospital

शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गोडेलले काँग्रेस सधैं नेपाली जनताको सुखदुःखसंग जोडिएको भन्दै पार्टीको सामाजिक कार्यक्रम अन्तर्गत संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसरमा स्वास्थ्य शिविर गरिएको बताए । सभापति गौडेलले भने-‘काँग्रेस पार्टीप्रति जनताको माया छ, भरोसा छ । यो माया र भरोसालाई पार्टीले सधंै उच्च सम्मानका साथ शिरमा राख्दै आएको छ ।’ उनको थप भनाई थियो, ‘काँग्रेस झुठो बोल्दैन । जे गर्छ त्यही भन्छ र जे भन्छ त्यही गर्छ । जनताहरुले पनि काँग्रेसलाई त्यसरी नै बुझ्नुपर्छ ।’

May be an image of 11 people, tree and text

त्यस अवसरमा काँग्रेस नेता एवम् पूर्व मन्त्री सुरेन्द्र बहादुर हमाल, बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी र पार्टी महासमिति सदस्य एवम् नरैनापुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले संविधान पिता कोइरालाले देखाएको वाटोमा नेपाली काँग्रेस अनवरत हिँड्दै आएको बताए । 

शिविर शुभारम्भ समारोहमा महासमिति सदस्य लक्ष्मी नारायण शाह, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, विनोद कुमार थारु, सदस्य रबि हमाल, क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, प्रेस सल्लाहकार निरज गौतम, कार्यालय सचिव अमित कँडेल, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार रविन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

नेपाल  स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओलीले सञ्चालन गरेको कार्यक्रममा जननायक वीपी कोइराला र संविधान पिता सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो भने लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो । 

May be an image of 8 people and text

May be an image of 4 people, dais and textMay be an image of 5 people and text that says 'राष्ट्यता! लोकतठ्त्र समाजवाद याद नेपाली कोंग्रेसका पुर्व पार्टि सभापति धम नपाल सरकारका 4 प्रधानसत्ी संविधान पिता र्व. शुसिल कोईरालाळो जननजशबीको अकस्रम वृहत नि शुल्क स्वास्थ्य शिविर मिति: २०८२/ स्थान मटेहिया, नरेनापुर बाँके ነጃ केशर បប5 नेपालंगा RUGE'May be an image of 4 people, crowd and textMay be an image of 5 people, tree, temple and text


प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्य मन्त्रालयको 'लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु
स्वास्थ्य मन्त्रालयको 'लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
संविधान पिता कोइरालाको जन्मजयन्तीमा साउन २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने
संविधान पिता कोइरालाको जन्मजयन्तीमा साउन २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP