नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३१, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यही भदौ २ गते नरैनापुर गाउँपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान तथा बाँझोपन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

ग्रामीण क्षेत्रका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेद्वारा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व. सुशील कोइरालाको ८६औं जन्मजयन्तीका अवसरमा एक दिने निःशुल्क शिविर आयोजना गर्न लागिएको हो ।

क्षेत्रीय कमिटीको सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका महिलालाई घरदैलोमै विशेषज्ञ सेवा उपलव्ध गराउने योजना अनुरुप निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । 

नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको छ भने जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्य लगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकाका महिलाहरुका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर पहिचान तथा बाँझोपन सम्बन्धि स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको क्षेत्रीय सभापति केसीले बताए ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि नरैनापुर गाउँपालिकाको सहयोग तथा नेपालगञ्जस्थित एचसीआरसी अस्पतालको प्राविधिक सहयोग उपलब्ध गराएको नेता केसीले जानकारी दिएका छन् ।

भदौ २ गते हुने शिविरमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले जाँच गर्ने बताइएको छ ।


प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP