prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • १७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३१, २०८२ बागेश्वरी पोस्ट
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता

नेपालगञ्ज । आर्थिक वर्ष २०८१/०८२ मा औषधि व्यवसायी विरुद्ध १७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । औषधि ऐन २०३५ विपरीतको कार्य गरेपछि उनीहरु विरुद्ध अदालतमा मुद्दा दायर गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । औषधि चोरीपैठारी गरी नेपालमा ल्याउने, नेपालमा दर्ता नभएका औषधि सञ्चय गर्ने, व्यवसायीको अनुपस्थितिमा औषधि विक्री वितरण गरेको पाइएपछि उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार बाँकेका ८, दाङ, बर्दिया, जाजरकोट, कैलाली, डडेलधुरा, बझाङमा १/१ र कञ्चनपुरमा ३ जना औषधि व्यवसायी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । गत आर्थिक वर्षमा ७ वटा मुद्दा दर्ता भएका थिए । त्यसैगरी औषधि पसलहरुको अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, म्याद नाघेका औषधि पसलमा भेटिएको, लागु तथा मनोविपद औषधिको अभिलेख नराखेको पाइएपछि १३ वटा पसल शील तथा निलम्वन गरी कारवाही गरिएको छ । गत आर्थिक वर्षमा ४३ औषधि पसललाई शील तथा निलम्वन गरी कारवाही गरिएको थियो ।

६ महिनासम्म पसल शील गर्ने अधिकार विभागलाई छ । तर, कसुरका आधारमा ४५ दिनसम्म औषधि पसलहरु शील गर्ने र निलम्वन गर्ने गरिएको पाइएको छ । विभागले बाँकेका ७, कैलालीका २, बर्दियाका ३ र सल्यानका १ गरी १३ औषधि व्यवसायीलाई निलम्वन गरिएको जानकारी दिएको छ । उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारवाही गर्ने गरिएको छ । श्रेष्ठका अनुसार व्यवसायी अनुपस्थित भएर औषधि विक्री वितरण गर्ने समस्या बढी छ । ‘हामीले व्यवसायीहरुलाई पटक–पटक सचेत पार्ने काम पनि गरेका हुन्छौं,’ उनी भन्छिन्–‘तर, अटेरी गर्ने प्रवृत्ति बढी छ ।’ विभागको उपस्थिति बलियो भएको ठाउँमा समस्या कम हुँदै गएको अनुभव उनको छ ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले लुम्विनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्ला गरी २५ जिल्लाका औषधि पसलहरुको अनुगमन निरीक्षणको जिम्मेवारी पाएको छ । शाखामा ५ हजार ९६ फार्मेसी दर्ता भएका छन् । अहिले ३ हजार ५ सय ९ वटा मात्रै सञ्चालनमा छन् । १ हजार ४ सय २७ वटा दर्ता भए पनि सञ्चालनमा नरहेको श्रेष्ठको भनाई छ । विभागले ती फार्मेसीमध्ये आर्थिक वर्ष २०८१/०८२ मा केवल ४ सय मात्रै अनुगमनको लक्ष्य नेपालगञ्ज शाखालाई तोकेको थियो ।

शाखाले भने ६ सय ७७ वटा फार्मेसी पसलको अनुगमन तथा निरीक्षण गरेको छ । त्यसैगरी ८ वटा औषधि उद्योगको अनुगमन गर्ने लक्ष्य पाएको शाखाले ८ वटै उद्योगको अनुगमन गरेको जनाएको छ । 


प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP