नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले सेवा लिएका छन् । वडा नम्बर २ गंगापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आज नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको पहिचान, बाँझोपन र छाला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मञ्जु बिसी शाह र छाला रोग विशेषज्ञ डा. अनिशा उप्रेति नेतृत्वको टिमले स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो भने नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टिमले सहजीकरण गरेको थियो ।

शाहका अनुसार पाठेघर सम्बन्धि ११० जना र छाला सम्बन्धि १७१ जना गरी २८१ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८६औं जन्मजयन्तीको अवसरमा नरैनापुर गाउँपालिकाको सहयोग र एचसीआरसी अस्पताल नेपालगञ्ज तथा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविर उद्घाटन गर्दै काँग्रेस क्षेत्रीय सभापति पोषण केसीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको बताउँदै त्यसको समयमै पहिचान गरेर निदानमा सहजता होस् भन्ने उद्देश्यले शिविर गरिएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै क्षेत्रीय कार्यसमितिले निरन्तररुपमा शिविर लगायतका गतिविधि सञ्चालन गरिरहेको केसीले बताए । स्वास्थ्य सेवामा कमजोर पहुँच भएका मधेशी र मुस्लिम समुदायका महिलाहरुको सहजताका लागि शिविर गरिएको उनको भनाई छ । 

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पालिकाका महिलाहरुको लागि स्वास्थ्य शिविर अत्यन्तै उपयोगी रहने बताए । यस्तै काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् नरैनापुर १ का वडा अध्यक्ष इशाक जोलाहले ग्रामीण क्षेत्रमा आयोजना गरिएको शिविरबाट स्वास्थ्यको पहुँच नपुगेका स्थानीय लाभान्वित भएको बताए । पार्टीका नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा क्षेत्रीय सदस्य नसरुद्दिन शेषले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । क्षेत्रीय सचिव जयेश्वर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP