नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १, २०८२ बागेश्वरी पोस्ट
स्वास्थ्यपेज छैठौं वर्षमा,  'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान

नेपालगञ्ज । दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा शनिबार वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज चिकित्सक सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन् । पत्रकारिताका क्षेत्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यपेजले अहम् भूमिका निर्वाह गरेको उनको भनाई छ । लुम्विनी प्रदेश सरकारले आमनागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिका सवालमा प्राथमिकतामा राखेर काम गर्दै आएको सचिव श्रेष्ठले बताइन् ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले मोफसलको बीट पत्रकारिताका क्षेत्रमा स्वास्थ्यपेजले छुट्टै पहिचान कायम गर्न सफल भएको बताए । उनले व्यवसायिक पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको सम्भावना, समस्याको पहिचान र समाधानको उपायको खोजीका निमित्त विश्वसनीय सामग्री उत्पादन गरेकै कारण छोटो समयमै स्वास्थ्यपेज स्थापित भएको बताए ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले मोफसलको पत्रकारिता यसै पनि चुनौतीपूर्ण रहेको बेला स्वास्थ्यपेजले विट पत्रकारिताको मानक स्थापित गरेको बताए । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले स्वास्थ्यका विषयमा कमै समाचार बन्ने गरेको अवस्थामा स्वास्थ्यकै बीटमा पत्रकारिता गर्नु सम्पूर्ण स्वास्थ्यकर्मीका लागि सुखद् भएको बताए ।

May be an image of dais and text that says 'www.swasithyapage.com com स्वाह्थय प्ेज विशे्वाक बिमोचन सुमारोह छैकै वार्सकत्स ME'

दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम नेपालमा निजी मेडिकल कलेजका सूत्रधार डा. सुरेश कुमार कनोडिया, लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसी, बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डे, नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी, राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ लगायतले स्वास्थ्यपेज विशेषांकको विमोचन समेत गरेका थिए । यो वर्ष अग्रज चिकित्सक सम्मानबाट बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापालाई सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले खादा र कदरपत्रले सम्मानित गरिन् । त्यसक्रममा डा.थापाले स्वास्थ्यपेज सबै स्वास्थ्यकर्मीको आफ्नै हो भन्ने भावना जागृत हुनुपर्ने बताए ।

May be an image of dais and text

पाँचौं वार्षिकोत्सवमा डा.सुरेश कुमार कनोडियालाई सम्मानित गरिएको थियो । स्वास्थ्यपेज डटकमका प्रधान सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन भने समिरमान श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा यस क्षेत्रका अग्रज चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक, अग्रज पत्रकार लगायत सहभागी थिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP