नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०८२ बागेश्वरी पोस्ट
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला

नेपालगञ्ज । बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आईएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक बर्ष २०८१/८२ मा उपचारका लागि आएका विरामी मध्ये १७४ जना नयाँ कुष्ठरोगी निदान भई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताए । 

नेपालगञ्जमा आज आयोजित सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सारांश प्रतिवेदन प्रस्तुत गर्दै थारुले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । नयाँ कुष्ठरोगी मध्ये बाँकेका ७१ जना, बर्दिया ४२, भारतका ३०, सुर्खेत ५, दैलेख ३, जाजरकोट ४, दाङ ५, सल्यान २, प्युठान २, रुकुम ३ र सुदुरपश्चिम प्रदेशका ६ जना रहेका छन् । यी मध्ये ४५ प्रतिशतमा कुष्ठरोगको किटाणु 'पोजिटिभ' देखिएको थियो । साइनिङ अस्पताल पश्चिम क्षेत्रमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ । 

अस्पतालले बहिरंग सेवामार्फत १८ हजार ९ सय ८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोग सम्बन्धि समस्या लिएर आएका २ हजार ७ सय ८४ तथा छालाजन्य समस्या भएका १६ हजार १ सय २४ जना थिए । अन्तरंगतर्फ १६४ जना विरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताए । साइनिङ अस्पाललले बार्षिकरुपमा अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिबृद्धि तालिम, समुदायस्तरमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधिहरु सञ्चालन गरिरहेको जनाएको छ । 

यस्तै कुष्ठरोगमा अनुसन्धान कार्य पनि गरिरहेको छ । गत बर्ष मात्रै दुई वटा अनुसन्धान कार्य सम्पन्न गरिएको थारुले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, खजुरा गाउँपालकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रविन्द्र कुमार शाह लगायतले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरुको निदान र उपचारसंगै सचेतना प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको बताए । 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP