नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ४, २०८२ बागेश्वरी पोस्ट
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?

नेपालगञ्ज । भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत र फेरि मृत्यु भएको भनिएको घटनाका विषयमा अस्पतालले बनाएको आन्तरिक छानविन समितिको प्रतिवेदनबारे पत्रकारहरुलाई जानकारी गराइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदीले आज विहान अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरी यस्ता घटनालाई दुर्लभ भन्दै बिरामीका आफन्तलाई सञ्चार र परामर्शमा कमजोरी भए पनि उपचार प्रक्रियामा अपनाउनुपर्ने प्रोटोकलमा भने कुनै कमजोरी नभएको बताए । मंसिर २५ गते पेट दुखाईका कारण एक गर्भवती महिला भेरी अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन् ।

२८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । तर, हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले सञ्जीवनी अस्पतालमा भर्ना गरी उपचार गराएका थिए । उपचारकै क्रममा २९ गते शिशुको मृत्यु भएको थियो । डा. विवेक महतो नेतृत्वको छानविन समितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउँदै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले गर्भवती महिला अस्पताल आउँदा पाठेघरको पानीको फोका फुटिसकेको अवस्था रहेको जानकारी गराए । सुवेदीका अनुसार गर्भ अवधि केवल २३ हप्ता पुगेको, भिडियो एक्स–रेमा शिशुको तौल ६१७ ग्राम मात्र देखिएको, मुटुको चाल कमजोर रहेको तथा आमालाई ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्थालाई निरन्तरता दिन नसकिने अवस्था थियो ।

जन्मको समयमा शिशुमा जीवनका कुनै संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ता भन्दा कम र तौल १००० ग्राम भन्दा कम भएकाले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्षसहित परिवारलाई हस्तान्तरण गरिएको उनले प्रष्ट पारे । यो बारेमा बिरामीका आफन्त र उनीहरुसँगै आएका स्वास्थ्यकर्मीलाई समेत जानकारी गराइएको मेसु सुवेदीले बताए । 'जन्मिएका र अत्यन्तै कम तौल भएका शिशुमा कहिलेकाहीँ श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह नदेखिने सम्भावना हुन्छ ।  यो केशमा पनि भएको यही नै हो,' उनले भने-‘सस्पेन्डेड एनिमेसन र लाजरस फेनोमेनन जस्ता दुर्लभ अवस्था देखिँदा जीवन संकेत ढिलो गरी देखा पर्न सक्छ ।’ तर उनले आफन्तलाई जटिलताबारे पर्याप्त सञ्चार र परामर्शमा अस्पतालबाट कमजोरी भएपनि उपचार प्रक्रियामा भने कमजोरी नभएको बताए । आगामी दिनमा थप सहजगता र सावधानीका लागि अस्पताल प्रशासन गम्भीर रहेको उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP