नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ८, २०८२ बागेश्वरी पोस्ट
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा

खजुरा (बाँके) । खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा, युवा रेडक्रस सर्कलको आयोजना तथा न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा डि-गाउँसँगको सहकार्यमा गरिएको शिविरमा ४८९ जनाले सेवा लिएका थिए । गणेशमान चोकस्थित नेपालगञ्ज आँखा अस्पताल र बिएन अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए । आँखा जाँच मात्र ३०९ जनाले गराएका थिए ।

जसमा २५९ जना बयस्कदेखि वृद्ध उमेरका थिए भने ५० बढी विद्यार्थी रहेका थिए । शिविरमा छनोट भएकालाई आँखाको अप्रेशनमा ५० प्रतिशत छुट दिइने नेपालगञ्ज आँखा अस्पतालका निर्देशक बद्री श्रेष्ठले जानकारी दिए । मंगलबार भएको स्वास्थ्य शिविरमा ६० जना मोतिबिन्दु अप्रेशन गर्नुपर्ने बिरामी छानोट भएको र आँखामा मासु पलाएको ४१ जना फेला परेको आयोजक नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा, युवा रेडक्रस सर्कलका अध्यक्ष खगेन्द्र दाहालले जानकारी दिए । 

शिविरमा कान सम्बन्धि १८० जनाले चेकजाँच गराएका थिए । जसमध्ये छनोट भएकालाई कानको अप्रेशनमा ३० प्रतिशत छुट प्रदान गर्न सकिने बिएन अस्पताल नेपालगञ्जका स्वास्थ्य अधिकृत राम बहादुर बोहराले जानकारी दिए । शिविरमा १८ जनामा कानको जालीमा प्वाल भएको समस्या फेला परेको थियो । ती मध्ये कानको अप्रेशन गर्नुपर्ने १८ जना विरामी पहिचान भएको  बिएन अस्पतालका नर्सिङ स्टाफ रन्जना बुढाथोकीले जानकारी दिइन् । कान कम सुन्ने बिरामी ३१ जना, ती मध्ये कान सुन्ने यन्त्र प्रयोग गर्नुपर्ने ८ जना रहेका छन् । 

कानमा फोहोर, कानेगुजी समस्या भएकाहरुलाई पुनः चेकजाँच गर्नुपर्ने ३४ जना गरी ५३ जनालाई बिएन अस्पतालमा रिफर गरिएको युवा रेडक्रस सर्कलका सचिव गम बहादुर डाँगरले जानकारी दिए । शिविरमा बिएन अस्पतालद्वारा बिरामीको समस्या पहिचान, कम सुन्नेहरुको अडियो ग्राम परीक्षण गरिएको थियो ।  कतिपय हेरिङ एड गर्नुपर्ने अवस्था भएकालाई अस्पतालमा पुगे ७० प्रतिशतसम्म छुट गरिदिने उनले उल्लेख गरे । 

खजुरा रेडक्रसको युवा रेडक्रस सर्कलका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका खजुरा गाउँ पालिका प्रमुख डम्बर बहादुर विकले मानिसको महत्वपूर्ण अङ्गहरू आँखा र कान स्वास्थ्य शिविर सञ्चालनले ग्रामीण क्षेत्रका बिरामीहरूलाई राहत प्रदान गरेको महसुस भएको बताए । पालिका प्रमुख विकले रेडक्रसले सधैँ मानवीय सेवामा आफूलाई तत्पर राखेको बताउँदै स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित हुँदा गौरव महसुस भएको बताएका थिए ।

May be an image of one or more people and text

कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाले विशेषज्ञ सेवा गाउँका ग्रामीण बस्तीहरूमा पुर्याउन सकिएको बताउँदै सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरे । चिसो मौसममा पनि सोचे भन्दा धेरै स्वास्थ्य चेकजाँच गर्न आएको बताउँदै सभापति सापकोटाले यस किसिमको शिविर आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, बिएन अस्पतालका स्वास्थ्य अधिकृत बोहराले मन्तव्य राखेका थिए । शिविर सञ्चालनमा प्राविधिक रूपमा सहयोग गर्ने नेपालगञ्ज आँखा अस्पताल र बिएन अस्पताललाई सम्मान गरिएको थियो ।

May be an image of one or more people and textMay be an image of one or more people, fog and text


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP