नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १७, २०८२ बागेश्वरी पोस्ट
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (Syphilis) रोग सम्बन्धि एक बर्षे वैज्ञानिक अनुसन्धान  सुरु गरिएको छ ।  VENUS अध्ययन २०२६  नाम दिएर राष्ट्रिय महत्वको वैज्ञानिक अनुसन्धानको औपचारिक सुरुआतसँगै आज अस्पताल परिसरमा परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

VENUS26 (Venereal Disease Surveillance: Unveiling Syphilis) अध्ययन सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने बताइएको छ । अध्ययनको नेतृत्व अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईंले गरिरहेका छन् । अस्पतालमा आयोजित परिचयात्मक तथा समन्वयात्मक बैठकमा बोल्दै डा. चापागाईंले सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्नु गलत हुने धारणा व्यक्त गरे ।

सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उनले बताए । उनले भने, “हामीले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्न यो अध्ययन सुरु गरिएको हो ।” डा. चापागाईंका अनुसार हाल उपचार पूरा भइसकेका धेरै व्यक्तिहरू पनि रगतको एक मात्र परीक्षण (TPHA) पोजेटिभ भएको आधारमा वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था देखिएको छ । यसले उनीहरूको रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको उनले बताए ।  TPHA पोजेटिभ हुनु संक्रमण सर्ने अवस्था जनाउने सूचक होइन भन्ने तथ्यलाई प्रमाणसहित स्थापित गर्नु अहिलेको आवश्यकता भएको उनले स्पष्ट पारे ।

बैठकमा उपस्थित सहभागीहरुले VENUS26 अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यवहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरे । अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय STI मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

अध्ययन अन्तर्गत भेरी अस्पतालको छाला तथा यौन रोग विभागमा विशेष ‘VENUS Corner’ स्थापना गरिएको छ ।  सिफलिस सम्बन्धि परामर्श, परीक्षण र उपचार सेवा विभागको कोठा नम्बर २२ बाट सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान गरिने अस्पतालले जनाएको छ ।

आज आयोजित बैठकमा भेरी अस्पतालका विभागीय प्रमुख, वार्ड इन्चार्ज, विशेषज्ञ चिकित्सकहरू, सञ्जीवनी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजका प्रतिनिधि तथा यौन रोग क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

डा. चापागाईंले सिफलिस उपचारयोग्य रोग भएको उल्लेख गर्दै आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP