नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २३, २०८२ बागेश्वरी पोस्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'

नेपालगञ्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि दुई वटा थिममा रहेर काम भइरहेको बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरुको समीक्षा तथा कार्ययोजना गोष्ठीलाई सम्बोधन गर्दै उनले सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनका अनुसार सुशासन अन्तर्गत प्रणाली, जवाफदेहिता र पारदर्शितालाई सूचकका रुपमा लिइएको छ भने गुणस्तरीय सेवा अन्तर्गत जनशक्तिको व्यवस्थापन, औषधि उपचार तथा जनचेतनालाई सूचक बनाइएको छ । मन्त्री सारुले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले बढ्दो मातृ तथा नवजात शिशु मृत्युदर रोक्न प्रदेश सरकारले तथ्यगत कारण खोजी मापदण्ड तयार गरिरहेको बताइन् । उनले मातृ तथा नवजात शिशु मृत्युदर सुधार गरेका पालिकाहरूसँग समन्वय गरी त्यहाँका सफल अभ्यास अन्य पालिकामा विस्तार गर्ने योजना बनाइएको जानकारी पनि दिइन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय सरकार त्यसको कार्यान्वयन प्रक्रियामा रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिका बाँकेमा सबैभन्दा बढी मातृ मृत्युदर हुने पालिका भएको उल्लेख गर्दै उनले खुला सीमाका कारण भारत आवत–जावत गर्ने परिपाटीले नियमित स्वास्थ्य जाँच छुट्दा मातृ मृत्युदर बढेको बताए । त्यसको न्यूनीकरणका लागि आफूहरु प्रयासरत रहेको उनको भनाई छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बाँके मातृ मृत्युदरको ‘हब’ बन्दै गएको बताइन् । उनले स्वास्थ्यकर्मीहरुले मात्र मातृ मृत्युदर रोक्न नसक्ने भन्दै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको औँल्याइन् ।कार्यक्रममा बाँकेका आठै पालिकाका स्वास्थ्य शाखाहरुले प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरूको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले गरेका थिए । बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP