नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०८२ बागेश्वरी पोस्ट
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत

नेपालगञ्ज । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छ । एक अध्ययन अनुसार बाँकेमा औसतमा १०० जनामा ६.५ जनाको शरीरमा हात्तीपाइलेको बयस्क परिजीवी छ । यसलाई १ प्रतिशत मुनी नझारे जोखिम उच्च रहन्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरुलाई सार्ने गर्दछ । नेपालमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान १५औं पटक सम्पन्न हुँदा समेत बाँकेमा एक पटक पनि नखाएको संख्या १५.३६ प्रतिशत छ । एक पटक पनि औषधि नखाएको संख्या १० प्रतिशत भन्दा माथि भए चुनौतीपूर्ण हुन्छ ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औं पटक हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदैछ । गत वर्ष जिल्लामा ६२ प्रतिशतले औषधि खाएका थिए भने नेपालगञ्ज उपमहानगरपालिकामा ५६ प्रतिशत मात्रै कभरेज थियो । नेपालगञ्जको १६ नम्बर वडामा १४ प्रतिशत मात्रै प्रगति छ । एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन ।

यसैवीच अभियानलाई नतिजामुखी बनाउन नेपालगञ्जमा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा 'हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी' गरिएको हो । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण गरेका थिए । महतोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पारे । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले अभियानको योजना र नगरको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन सबै दृढ संकल्पित भएर लाग्नुपर्नेमा जोड दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो पटक धेरै मेहनत गरेर भए पनि लक्ष्य हासिल गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । औषधि सेवन बारेको भ्रम चिर्न पनि आवश्यक रहेको विष्टको भनाई छ ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा कार्यालय प्रमुख सुनिता पौडेलले कार्यक्रम र अभियानको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायतले अभियान सफल बनाउन प्रतिबद्ध भएर लाग्ने बताए ।
 


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP