नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २०, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने

नेपालगञ्ज । बाँकेमा साढे ८ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइँदैछ । आठ वटै पालिकाका ८ हजार ५ सय ८४ जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती मध्ये विद्यालयमा अध्ययनरत छात्रा ६ हजार ५ सय ३१ र विद्यालय नजाने किशोरी २०५३ जना छन् । यही माघ २५ गतेदेखि फागुन ४ गतेसम्म एचपीभी खोप लगाउन लागिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए ।

यो खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ । स्वास्थ्य कार्यालय बाँकका प्रमुख सुनिता पौडेलका अनुसार एचपीभी खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । यो खोप १० बर्षदेखि १४ बर्ष उमेरका किशोरीलाई १ मात्रा दिनुपर्दछ । कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० बर्ष उमेरका किशोरीहरु गत बर्ष सञ्चालित एचपीभी खोपको लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरुमध्ये यो खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ बर्ष उमेरका किशोरीहरु लक्षित समूह हुन् । आज सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ । 

जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्री, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिन्टेण्डेण्ट डा. निराजन सुवेदी, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसी लगायत जिल्ला खोप समन्वय समितिका सदस्यहरु तथा सरोकारवालाको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP