नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २९, २०८२ बागेश्वरी पोस्ट
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल

नेपालगन्ज । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले क्यान्सर रोगको पहिचान र उपचारमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधिबारे जानकारी दिन नेपालगन्जमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । विगत २५ बर्षदेखि २० ब्रान्चहरुबाट सेवा प्रवाह गर्दै आएको यो अस्पतालको लखनउ ब्रान्चले आज नेपालगन्जमा पत्रकारहरुसँगको भेटघाटमा क्यान्सर उपचारमा बिरामीलाई आवश्यक पर्ने दक्षिण एशियाकै नवीनतम् प्रविधि म्याक्स सुपर स्पेसियालिटी हस्पिटलमा रहेको न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्माले बताए ।

अस्पतालमा जटिल क्यान्सर शल्यक्रियाका लागि डाभिन्ची रोबोटिक सर्जिकल सिस्टम, क्यान्सरको सटिक पहिचान र स्टेजिङका लागि बायोग्राफ ट्रिनियन डिजिटल पेट सिटी प्रणाली तथा हाइपरआर्क प्रविधिसहितको ईडीजीई (३.०) रेडिएसन थेरापी प्लेटफर्म जस्ता आधुनिक प्रविधि प्रयोगमा रहेको उनले बताए ।

यस्तै पत्रकार भेटघाटमा अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा. राहुल यादवले क्यान्सरको पहिचान र उपचारमा म्याक्स अस्पतालमा उच्चतम् प्रविधि रहेको बताए । उनले क्यान्सरको बढ्दो प्रभाव रोक्नका लागि जीवनशैली बदल्न पनि आग्रह गरे । यस्तै सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा. शशांक चौधरीले अस्पतालले क्यान्सर रोगको उपचारका लागि सबै सेवा प्रवाह गर्दै आएको बताए । उनले खासगरी नेपालका बिरामीहरुलाई सहज, सरल र गुणस्तरीय उपचार प्रदान गर्न अस्पताल प्रयासरत रहेको पनि उल्लेख गरे । पत्रकार सम्मेलनको सहजीकरण अस्पतालका विमलेश यादवले गरेका थिए ।

यसैबीच म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धि नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले शैक्षिक कार्यक्रम गरेको छ । ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा. वर्माले ‘पेट–सिटी ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

यस्तै अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा. यादवले ‘रोबोटिक्स इन युरोलोजी एन्ड युरोअन्कोलोजी आवर एक्सपेरियन्स’ विषयमा प्रस्तूति दिँदै जटिल युरोलोजिकल क्यान्सरका बिरामीहरुमा रोबोटिक सहायताबाट गरिने शल्यक्रियाले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताए ।

यस्तै म्याक्स सुपर स्पेसियालिटी हस्पिटलका प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा. चौधरीले ‘रोल अफ रोबोटिक सर्जरी इन क्यान्सर ट्रिटमेन्ट’ विषयमा बोल्दै न्यून चिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई छिटो निको हुन सहयोग गर्ने बताए ।

क्षेत्रीय अनुभव साझा गर्दै बाँकेको खजुरास्थित सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा. मुकेश यादवले ‘रोल अफ रेडियोथेरापी इन क्यान्सर केयर’ विषयमा प्रस्तुति दिँदै विभिन्न प्रकारका क्यान्सरको उपचारमा आधुनिक विकिरण उपचार (रेडियोथेरापी) को महत्वबारे चर्चा गरे ।

म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ । अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP