नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १, २०८२ बागेश्वरी पोस्ट
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया

नेपालगन्ज । “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस २०८२ को अवसरमा सरोकारवाला पक्ष तथा उपभोक्तासँग नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख सुशिला चलाउने विष्टको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कार्यालयका निमित्त प्रमुख चलाउनेले चालू आर्थिक वर्षमा कार्यालयले गरेका गतिविधिबारे प्रस्तुतिकरण गर्दै कार्यालयको कार्य क्षेत्र लुम्बिनी प्रदेशका ६ जिल्ला र कर्णाली प्रदेशका १० जिल्ला गरी १६ जिल्ला रहेको जानकारी दिइन् । उनका अनुसार यस अवधिमा ४ सय ६२ वटा फर्ममा बजार अनुगमन गरिएको छ भने हालसम्म १७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अनुगमनका क्रममा नियम विपरीत कार्य गर्ने व्यवसायीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको उनले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले उपभोक्ता अधिकारको संरक्षणका लागि सरकारी निकाय, व्यवसायी र उपभोक्ता सबै जिम्मेवार हुनुपर्ने बताए । उनले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न नियमित अनुगमन, जनचेतना र उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे । यस्ता कार्यक्रमलाई औपचारिकता मात्र सीमित नराखी ग्रामीण तहसम्म लैजानुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले उपभोक्ता अधिकार संरक्षणका विषयमा सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले बजारमा देखिने विकृति र अनियमितता उजागर गर्दै उपभोक्ताको हितमा पत्रकारिता निरन्तर सक्रिय रहने धारणा राखे । उनले सबै व्यवहारबादी बन्नुपर्नेमा जोड दिँदै उपभोक्तामा हुनुपर्ने सचेतना र नियमनकारी निकायको भूमिका बढाउनुपर्नेमा जोड दिए । अनुगमन र नियमन त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले उपभोक्तालाई सचेत र विवेकशील बनाउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले बजारमा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न राज्यले कडा नियमन गर्नुका साथै उपभोक्ता पनि आफ्नो अधिकारबारे सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष सुरेश गौतम, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी सुपरभाइजर दिनेशराज न्यौपानेले पनि धारणा राखेका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लेखापाल नरेन्द्र विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन लोकेन्द्र बिसीले गरेका थिए ।

 


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP