नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ६, २०८२ बागेश्वरी पोस्ट
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन

नेपालगन्ज । दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधिमाथि नेपालगन्जमा तीन प्रदेशका सरोकारवालाबीच छलफल गरिएको छ । मानसिक स्वास्थ्य सेवाको बढ्दो माग, भौगोलिक असमानता र पहुँचको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित तयार पारिएको “दूर मानसिक (टेलि–मेन्टल) स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, २०८२” माथि छलफल गरिएको हो । कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरोकारवाला सहभागी थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ तथा राष्ट्रिय ई-स्वास्थ्य रणनीति, २०७४ सँग समन्वय गर्दै उक्त कार्यविधि जारी गरेको हो । यसको लक्ष्य दूरसञ्चार प्रविधिमार्फत मानसिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउने हो । कार्यक्रममा विज्ञ मानसिक रोग विशेषज्ञ डा. बिनिता ढुंगेलले कार्यविधिका प्रावधान, सेवा प्रवाहको ढाँचा तथा सम्भावित चुनौतीबारे विस्तृत प्रस्तुति दिइन् । उनले टेलि–मेन्टल सेवा ग्रामीण तथा दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य सेवा विस्तारको प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गरिन् ।

छलफल कार्यक्रम स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको थियो । नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रष्ट पारिन् । उनले कार्यविधिलाई व्यवहारिक र प्रभावकारी बनाउन सुझाव संकलन थालिएको बताइन् । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रमुख नोद नारायण चौधरी, कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्का लगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले गरेकी थिइन् ।

छलफलमा प्रस्तुत तथ्यांकले नेपालमा मानसिक स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको संकेत गरेको छ । दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको र आर्थिक वर्ष २०८१८२ मा मात्रै ७ हजार ५ जनाले आत्महत्या गरेको तथ्य सार्वजनिक गरिएको छ । विशेष गरी कैलाली, कञ्चनपुर र इलाम जिल्लामा आत्महत्याको दर उच्च रहेको उल्लेख गरिएको छ । आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या नै रहेको औंल्याएको छ ।

सरोकारवालाले मानसिक स्वास्थ्य क्षेत्रलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका छन् । हाल स्वास्थ्य क्षेत्रको कुल बजेटमध्ये मानसिक स्वास्थ्यका लागि मात्र १.०८ प्रतिशत बजेट छुट्याइएको छ, जुन अत्यन्त न्यून रहेको उनीहरूको भनाई छ ।

छलफलले टेलि–मेन्टल स्वास्थ्य सेवा कार्यविधि प्रभावकारी कार्यान्वयनका लागि प्रविधि पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता सुरक्षा र पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । दूर मानसिक स्वास्थ्य सेवा सही रूपमा कार्यान्वयन भएमा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । साथै, यसलाई व्यवहारमै उतार्न प्रदेश र स्थानीय तहबीच समन्वय अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP