नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २४, २०८२ बागेश्वरी पोस्ट
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपालगन्ज । नेपालगन्जस्थित सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सन्जिवनी अस्पताल) मा आजदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ । उक्त कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

त्यसक्रममा नगर प्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार हुने विश्वास व्यक्त गरे । बाँके लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने जिल्लामा पर्दछ । मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालका एमडी सन्तोष कुमार खनालले बताए । एमडी खनालका अनुसार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा सहज र सुलभ रूपमा प्रदान गरिनेछ ।

May be an image of one or more people, dais and text

यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए । अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले बताए ।

जोखिमयुक्त गर्भावस्थाको नि:शुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यसको भार खेप्दै आएको थियो । अब सन्जिवनी अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ दिनेछ । संघीय सरकारले एक बर्ष अघि अनुदान रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको थियो । भेरीमा अत्यधिक चाप बढेपछि सरकारले फेरि नेपालगन्ज उपमहानगरपालिकामार्फत सन्जीवनीलाई अनुदान दिएको हो ।

आमा सुरक्षा कार्यक्रम उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अस्पतालका चिकित्सक तथा कर्मचारी लगायतको उपस्थिति रहेको अस्पतालका प्रबन्धक (प्रशासन) कुमार अधिकारीले जानकारी दिए ।

May be an image of one or more people and hospitalMay be an image of one or more people


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP