नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २५, २०८२ बागेश्वरी पोस्ट
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिका–२ बेतहनीस्थित स्वास्थ्य केन्द्र अन्तर्गत स्थापना गरिएको उक्त अस्पतालबाट बुधबारदेखि सेवा सुरु गरिएको हो ।

अस्पतालमा मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको स्वास्थ्यकर्मी टोलीले २४ सै घण्टा सेवा प्रदान गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले जानकारी दिए । उनका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि फार्मेसी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध छन् । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विपन्न, गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण गरिनेछ भने अन्य सेवाग्राहीलाई सहुलियत दरमा सेवा प्रदान गरिने चौधरीले बताए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रम बीच अस्पतालको उद्घाटन गर्दै सीमित स्रोतसाधनका बाबजुद २४ सै घण्टा सेवा सञ्चालन गर्न सफल भएको बताए । उनले आगामी दिनमा अस्पतालमा शैया संख्या वृद्धि गर्दै सेवा विस्तार र स्तरउन्नति गरिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चौधरीले गाउँमै अस्पताल सञ्चालनमा आएपछि स्थानीय बिरामीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुने र सुलभ तथा निःशुल्क सेवाबाट नागरिकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे । गाउँपालिकाले अस्पतालको व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृत हेमन्त किशोर शर्मालाई जिम्मेवारी दिएको छ । स्वास्थ्य केन्द्र परिसरमै नयाँ भवन निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य अधिकृत वीरेन्द्र घलेद्वारा सञ्चालन गरिएको उद्घाटन कार्यक्रममा स्वास्थ्य अधिकृत भीमबहादुर विकले स्वागत मन्तव्य व्यक्त गरे ।

डुडुवा गाउँपालिकाले विगतदेखि नै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल पालिकाका चार स्थानमा निःशुल्क प्रयोगशाला सेवा, दुई वटा एम्बुलेन्स, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, दुर्गम बस्तीमा नयाँ स्वास्थ्य इकाइ स्थापना, सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन, मधुमेह, उच्च रक्तचाप लगायत जटिल रोगका बिरामीका लागि निःशुल्क औषधि व्यवस्था, गाउँघर क्लिनिक, खोप तथा प्रसूति सेवा जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन् ।


प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP