नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
बागेश्वरी पोस्ट
शनिबार, चैत २८, २०८२ बागेश्वरी पोस्ट
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न

नेपालगञ्ज । नेपाल नेत्रज्योति संघ बाँके शाखा फत्तेबाल आँखा अस्पताल नेपालगञ्जको ३२औं जिल्ला सभा सम्पन्न भएको छ । शनिबार संघका सभापति रतन कुमार टण्डनको अध्यक्षता एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा सचिव शान्ति श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । श्रेष्ठका अनुसार विगत ३९ बर्षदेखि निरन्तर आँखा सेवामा समर्पित फत्तेबाल आँखा अस्पताल पछिल्लो २४ बर्षदेखि आफ्नै आयस्रोतबाट सञ्चालन भइरहेको छ । १० बेडबाट सुरु भएको यो अस्पतालमा हाल २५० भन्दा बढी बेड छन् ।

गत आर्थिक बर्षमा अस्पताल, सामुदायिक आँखा उपचार केन्द्र तथा बाह्य कार्यक्रममा गरी कुल १ लाख ३७ हजार बढीको आँखा परीक्षण गरिएको छ  । जसमध्ये ९ हजार ७ सय ८८ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ । फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पतालमा अकुलोप्लाष्टि र रेटिनासहितको विशिष्टिकृत सेवा सञ्चालनमा छ । श्रेष्ठले आफ्नो प्रतिबेदनमा भावी लक्ष्य र चुनौतीबारे पनि चर्चा गरेकी छिन् । अस्पतालले सबै किसिमका विशिष्टिकृत चिकित्सको अभाव भने झेलिरहेको उनको भनाई छ । कप्तान फत्तेजंग शाह र उनकी धर्मपत्नी बालदिब्यश्वरी शाहले प्रदान गरेको घरजग्गामा स्वीस रेडक्रस र केही स्थानीय ब्यक्तित्वहरुको आर्थिक सहयोगमा फत्तेबाल आँखा अस्पतालको स्थापना भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले पश्चिम नेपालमा आँखा उपचारसंगै प्रबद्र्धनात्मक कार्यक्रममार्फत सचेतना बृद्धिमा फत्तेबाल आँखा अस्पतालले खेलेको भूमिकाको सराहना गरे । उनले भारतीय विरामीको समेत भरोसा बनेको फत्तेबाल आँखा अस्पतालले विद्यालय केन्द्रित आँखा सेवा कार्यक्रम सञ्चालन गर्न लागेको सुन्दा खुसी लागेको बताए । उद्घाटन सत्रमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै आँखा उपचारमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । त्यसक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले अस्पतालबारे जानकारी गराएका थिए भने चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारती र रेटिना विशेषज्ञ डा. सुवास केसीले आँखा रोग र उपचार प्रक्रिया तथा अपनाउनुपर्ने आवश्यक सावधानीबारे प्रस्तुतिकरण समेत गरेका थिए । 

जिल्ला सभामा अस्पतालमा २५ बर्ष भन्दा बढी समयदेखि सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । यस्तै गत फागुन २१ गते भएको निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न भूमिका निभाएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीलाई समेत सम्मान गरिएको थियो । जिल्ला प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ, बाँके प्रहरी प्रमुख जिसी र नम्बर ३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दले सम्मान ग्रहण गरेका थिए । संघका सभापति टण्डनले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन अस्पतालका कर्मचारी जित बहादुर चौधरीले गरेका थिए । पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । 

May be an image of temple, dais and text that says 'かぼみ बिगत ३ बर्षदेसि नरक्तरगुणस्तरीय निर्तर गुणस्तरिय आंखा सेवामा समपित Η नेपाल नेतरजयोति संघ. बाँके शाखा फतेबाल आँखा अस्पताल नेपालगंज ३ुशऔ जिगा n सभा जि मिति શવશ पैत्र शनिवार सभाध्क्र'


प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
भेनस अध्ययन २०२६-भेरी अस्पतालमा ३ महिनामा १८७ जना भिरिङ्गी प्रभावित भेटिए
भेनस अध्ययन २०२६-भेरी अस्पतालमा ३ महिनामा १८७ जना भिरिङ्गी प्रभावित भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP