नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००, मुस्लिम समुदायका मात्रै ३५४ जना
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००, मुस्लिम समुदायका मात्रै ३५४ जना
बागेश्वरी पोस्ट
सोमबार, चैत ३०, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००,  मुस्लिम समुदायका मात्रै ३५४ जना

नेपालगञ्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८०० छ । खोप ड्रप आउटको संख्या ठूलो भएका कारण बैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक बर्षमा जिल्लामा सबैभन्दा बढी ड्रप आउट मुस्लिम समुदायमा छ । ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेनन् । त्यस्तै मधेशी समुदायका १८९, दलित १२८, जनजाति ५७ छन् । यो सर्वेक्षणमा खोजेर पत्ता लागेको संख्या हो ।

१६ महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोपपड्ताल अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए । "बैशाख महिनाभर नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोजेर खोप लगाउने हो," स्थानीय तहका सरोकारवालाहरु उपस्थित पैरवी बैठकमा गिरीले भने, "सबै लागेर छुटेकालाई खोजौं र खोप लगाऔं ।" सरकारले बैशाख महिनालाई खोप महिनाका रुपमा मनाउने गर्दछ । बैशाखलाई सचेतना प्रबद्र्धन महिनाका रुपमा समेत मनाइन्छ । बैशाखको दोस्रो हप्तालाई खोप सप्ताहका रुपमा पनि मनाउने गरिएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रमको निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालासंग आयोजित पैरवी बैठकमा खोप सम्बन्धि प्रस्तुतिकरण गर्दै स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले खोपको कारण बाल मृत्युदर घट्दो क्रममा रहेको बताइन् । राष्ट्रिय खोप कार्यक्रममा १५ महिना मुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एभपीभी खोप लगाइन्छ । 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न पैरवी बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी उपाध्यक्ष रामप्यारी यादव, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापा, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मुस्लिम धर्मगुरु एवम् मौलाना लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००,  मुस्लिम समुदायका मात्रै ३५४ जना
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००, मुस्लिम समुदायका मात्रै ३५४ जना
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
नेपाल नेत्रज्योति संघ बाँकेको ३२औं जिल्ला सभा सम्पन्न
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
डुडुवामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालन
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP