नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १५, २०८३ बागेश्वरी पोस्ट
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा

नेपालगञ्ज । भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । विरामीको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि अस्पतालमा तनाव सिर्जना भएको हो । मृतकका परिवार र आफन्तले उपचारमा संलग्न चिकित्सकले लापर्बाही गरेको भन्दै कारबाहीको माग गरिरहेका थिए । यसैक्रममा आज विहान अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी सहितका चिकित्सकहरुमाथि हातपातको प्रयास, दुव्र्यवहार र ज्यान मार्ने धम्कीसम्म दिइएपछि दोषीमाथि कारवाही र सुरक्षाको माग गर्दै अस्पतालका चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएका छन् ।

बैजनाथ गाउँपालिका वडा नं. ६ बाँकेकी ६२ वर्षीया दिलसरा विकको मृत्युको विषयलाई लिएर आज विहान साढे १० बजे एउटा समूह डा.सुवेदीको कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्नुका साथै तथानाम गाली वेइज्जती गरेको प्रत्यक्षदर्शी चिकित्सकहरुले बताए । त्यस्तै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे लगायतका चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।

संलग्नहरुलाई कारवाही र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म विरामीको सेवामा फर्किने अवस्था नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए । ‘उपचारका क्रममा विरामीको मृत्यु हुँदा हामीलाई पनि दुःख लागेको छ, तर उपचार प्रक्रियामा असहमत भए, चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुनु, धम्की दिनु स्वभनीय होइन,' उनले भने–‘यसले सम्पूर्ण चिकित्सकको मनोवल गिरेको छ । त्रासको अवस्था सिर्जना भएको छ । दोषीलाई कारवाही र सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था छैन ।’ इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प पारेर आजदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालका प्रमख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डे पनि चिकित्सकहरु त्रासमा रहेको बताए । अस्पतालको उपचार प्रक्रियामा चित्त नबुझे कानुनी बाटो खुला हुँदा पनि चिकित्सकमाथि हातपातको प्रयास हुनु निन्दनीय भएको उनले बताए । उनले चिकित्सक पनि दोषी भए कानुनी कारवाही भोग्न तयार रहेको बताए । कानुनी उपचारमा जाने गरी सहमति भइसकेको केशमा आज पीडितका आफन्तहरुबाट भएको हर्कत सिंगो चिकित्सा क्षेत्रका लागि सह्य नभएको उनले चेतावनी दिए ।

प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतको सहजीकरणमा सोमवार चिकित्सक र मृतकका आफन्तबीच भएको छलफलमा उपचारमा संलग्न चिकित्सकमाथि कानुनी उपचार खोज्ने र, आज मंगलवार शव पोष्टमार्टम गरेर पीडितका आफन्तहरुले बुझ्ने सहमति भएको बताइएको थियो । त्यही अनुसार पीडित परिवारले उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको माग गर्दै सोमवार प्रहरीमा जाहेरी समेत दिइसकेका छन् ।

तर, सहमति भइसकेको विषयमा अचानक आफ्नो कार्यकक्षमा प्रवेश गरेर मृतकका छोरा सुरेश विक लगायतको समूहले आफूमाथि हातपातको प्रयास गरेको डा. सुवेदीको भनाई छ । सुरेशले भने आफूले हातपात नगरेको दावी गरेका छन् । उनले शव बुझेर लगिसकेको बताए । गएको ६ गते उपचारका लागि अस्पताल भर्ना भएकी विकको १३ गते मृत्यु भएको थियो ।

यस्तो छ भेरी अस्पताल प्रशासनको विज्ञप्ती

May be an image of text


प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २१:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP