नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए

नेपालगञ्ज । नेपालगञ्जस्थित जिल्ला कारागारमा रहेका कैदीवन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको क्षयरोगको पहिचान गर्न सुरु गरिएको छ । त्यसका लागि एआइ एक्स–रे विधिद्वारा क्षयरोगको खोजपड्ताल शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले बताए । एआइ एक्स–रे विधिबाट क्षयरोग पहिचान गर्ने प्रविधि भनेको कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्स–रे विश्लेषण गरेर क्षयरोगको सम्भावित संक्रमण पत्ता लगाउने आधुनिक विधि हो ।

यसमा बिरामीको छातीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआइ प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, संक्रमण वा क्षयरोगसँग मिल्ने संकेतहरु विश्लेषण गर्ने शाह बताउँछन् । त्यसपछि प्रणालीले क्षयरोगको सम्भावना कति छ भन्ने रिपोर्ट दिन्छ । र, यो विधिबाट रिपोर्ट पनि छिटो आउने उनले बताए । शिविर उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले प्रदेश सरकार आफैंले र कतिपय संघसंस्थाहरुसँग सहकार्यमा यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अभियान चलाइएको उनले बताए । उनले एआइ एक्स–रे विधिबाट फोक्सोसँग सम्वन्धित क्षयरोगी पत्ता लगाउन सहज भएको बताए । यस्तै वि.एन.एम.टी.का कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठले नेपालमा क्षयरोग मुक्त अभियान सफल पार्न समुदायस्तरमा रहेका सबै क्षयरोगीको पहिचान गर्न र उनीहरुलाई उपचारको पहुँचमा ल्याउन जरुरी रहेको बताए ।

कारागार प्रमुख प्रकाश ढुंगानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीवन्दीको पनि स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए । कारागार व्यवस्थापन विभाग जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टी.) को व्यवस्थापनमा शुरु भएको शिविर तीन दिनसम्म चल्नेछ । त्यसक्रममा ८४७ जना कैदीबन्दी, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारी गरी करिव ९०० जनाको चेकजाँच गरिनेछ । क्षयरोगसँगै उनीहरुको एचआइभी पनि जाँच गरिनेछ ।

यसैबीच बाँकेमा चालू आर्थिक वर्षको ९ महिनामा ७२९ जना क्षयरोगका विरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२९ जना विरामी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेका छन् ।

नेपालगञ्जमा दुई सय जना, कोहलपुरमा एक सय २९ जना फेला परेका छन् । डुडुवा गाउँपालिकामा ६२, बैजनाथ गाउँपालिकामा ९३, खजुरा गाउँपालिकामा ९२ जना, जानकी गाउँपालिकामा ५८ जना फेला परेको पनि उनले बताए । राप्तीसोनारीमा ५० र नरैनापुरमा ४५ जना क्षयरोगीका विरामी फेला परेको पनि उनले बताए । गत वर्ष एक हजार एक सय ८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए । पछिल्लो समय बाँकेमा एआइ एक्स–रे विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल शिविर भइरहेको छ । समुदायस्तरमा नेपालगञ्ज र खजुरामा गरिएको शिविरबाट १४ जना क्षयरोगी फेला परेको पनि उनले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १२, १४, २०, २१ र २२ मा ८ जना क्षयरोगी फेला परेका छन् । त्यस मध्येमा एक जना भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामी फेला परेका छन् । ती वडा नं. १४ का बिरामी हुन् । त्यसैगरी खजुरा गाउँपालिकामा ६ जनामा क्षयरोग फेला परेको छ । त्यसमा वडा नं. ८ का एक जना बिरामी पनि भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका फेला परेका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP