नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १०, २०८३ बागेश्वरी पोस्ट
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई

नेपालगञ्ज । योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगञ्जले आफ्नो स्थापना दिवस तथा चौथो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । स्थापना दिवससँगै आयोजित अधिवेशनले योगगुरु एवं आयुर्वेदाचार्य डा. गिरीराज भट्टराईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टंक पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह–कोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका छन् । सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतीराम वली, डा. दिनेश कुमार चौधरी, तारा प्रसाद अधिकारी र रामचन्द्र तिवारी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगलाई स्वस्थ जीवनको आधारका रूपमा व्याख्या गर्दै हरेक व्यक्तिले दैनिक जीवनमा योगलाई अपनाउनुपर्ने आवश्यकता औंल्याए । उनले योगले मानिसलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा राखे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम बनेको बताएका थिए । योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्दै सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले यसको महत्व दिन प्रतिदिन बढ्दै गएको उनीहरूको भनाइ थियो ।

योग समिति नेपालका अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. सुरेश कुमार पुन, डा. विनोद थापा, डा. कल्पना थापा, समितिका सल्लाहकार जगदीशचन्द्र तिमिल्सिना, मीनबहादुर मल्ल, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमन, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सहयोगी, शुभेच्छुक तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

यस अवसरमा  पुरस्कारबाट योग प्रशिक्षक कमला वली सम्मानित भएकी छिन् । कार्यक्रममा बोल्दै डा. विनोद थापाले योगलाई जीवनशैलीसँग जोड्न सके धेरै रोगबाट बच्न सकिने बताउँदै बिहानको समयलाई सदुपयोग गरी नियमित योग अभ्यास गर्न सबैलाई आग्रह गरे ।

समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) का अनुसार हाल योग समिति नेपालका बाँके, बर्दिया लगायत विभिन्न जिल्लामा गरी ५८ वटा केन्द्र सञ्चालनमा रहेका छन् । छोटो समयमै सर्वसाधारणलाई योगप्रति आकर्षित गर्न सफल भएको समितिले नियमित योगाभ्यास, स्वास्थ्य सचेतना तथा प्राकृतिक जीवनशैली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP