नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०८३ बागेश्वरी पोस्ट
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन

नेपालगञ्ज । आफ्नो स्थापना दिवसको अवसर पारेर थोपा प्रयोगशाला, मलमपट्टी क्लिनिक्स र ओख्तो फार्मेसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा चिकित्सक, प्रयोगशालाकर्मी, औषधि कम्पनीका बजार प्रतिनिधि, बजार व्यवस्थापक तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । थोपा प्रयोगशालाका प्रेमिसिस इन्चार्ज हरि बुढाका अनुसार कार्यक्रमबाट ४६ युनिट रगत संकलन भएको छ ।

थोपा प्रयोगशालाका अध्यक्ष गोविन्द प्रकाश रोकाले बिरामीले रगतको अभावमा दुःख पाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । “स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई समाजप्रति उत्तरदायी बन्ने अवसरका रूपमा लिएका छौं । रक्तदानमार्फत धेरै बिरामीको जीवन बचाउन सहयोग पुग्ने विश्वास गरेका छौं,” उनले भने ।

करिब चार वर्षअघि सञ्चालनमा आएको थोपा प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ वर्गको मान्यता प्राप्त गरी नेपालगञ्जबाट गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्दै आएको छ । विगतमा कतिपय विशेष परीक्षणका लागि काठमाडौं तथा भारतका विभिन्न शहरमा निर्भर रहनुपर्ने अवस्था रहेकामा अत्याधुनिक प्रविधि भित्र्याएर त्यसलाई न्यूनीकरण गर्ने लक्ष्यसहित प्रयोगशाला स्थापना गरिएको संस्थाले जनाएको छ ।

हाल प्रयोगशालामा विश्वस्तरीय प्रविधिमार्फत थाइराइड फङ्सन टेस्ट, ट्युमर मार्कर, फर्टिलिटी हर्मोन टेस्ट, इन्फेक्सियस डिजिज टेस्ट, एलर्जी परीक्षण लगायत विभिन्न विशेष परीक्षणहरू सञ्चालन भइरहेका छन् । प्रयोगशाला विज्ञ सुलभ आचार्यका अनुसार प्रयोगशालामा प्रयोग भइरहेका अधिकांश उपकरणहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त यूएस–एफडीए स्वीकृत छन्, जसले परीक्षण प्रतिवेदनको शुद्धता र विश्वसनीयता सुनिश्चित गर्छ ।

थोपा भवनभित्र बिरामीको सुविधालाई मध्यनजर गर्दै मलमपट्टी क्लिनिक्स र ओख्तो फार्मेसी समेत सञ्चालनमा रहेका छन् । स्वास्थ्य सेवासँगै सेवाग्राहीलाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले परिसरभित्र ‘कफी ड्रप्स’ समेत सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक प्रविधि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको थोपा प्रयोगशालाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP