नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ९, २०८३ बागेश्वरी पोस्ट
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'

नेपालगञ्ज । किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको जोखिम बढ्दै गइरहेको अवस्थामा मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी काठमाडौंले आज नेपालगञ्जमा आयोजना गरेको “किशोर–किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम” मा प्रस्तुति दिँदै जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले युवामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् ।

उनले प्रस्तुत गरेको तथ्यांक अनुसार विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशतमा तनावको अवस्था रहेको छ । त्यस्तै ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको उनले जानकारी दिइन् ।

संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी डा. उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्यामध्ये एक बनेको बताइन् । मानसिक स्वास्थ्यलाई अझै पनि गलत बुझाइ, डर र सामाजिक कलंकका रूपमा लिने प्रवृत्ति कायम रहेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा संस्थाकी सचिव एवं मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उचित सहयोग र परामर्श प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने बताउँदै परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् । 

कार्यक्रममा सञ्चारमाध्यमले किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी सूचना तथा शिक्षा प्रवाह गर्न, सही जानकारी फैलाउन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने विषयमा जोड दिइएको छ । सहभागी पत्रकारहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील, तथ्यपरक र जिम्मेवार बन्न आग्रह गरिएको छ । कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP