नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ८, २०८३ बागेश्वरी पोस्ट
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'

नेपालगञ्ज । बाँकेमा लागूऔषध प्रयोगकर्ता, विशेषगरी महिला लागूऔषध प्रयोगकर्तामाझ एचआईभी/एड्स रोकथाम तथा रगतजन्य संक्रमणबाट हुने क्षति न्यूनीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार नेपालगञ्जमा बहुपक्षीय समन्वय (MPAC) बैठक सम्पन्न भएको छ ।

दमयन्ती फाउन्डेसन नेपाल, नेपालगञ्जको आयोजनामा Viiv Healthcare 'Harm Reduction Momentum Grant' अन्तर्गत सञ्चालित कार्यक्रममा सरोकारवाला निकायबीच कार्यक्रमको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । यो लागूऔषध प्रयोगकर्ता महिलाहरुमा हुने रगतजन्य संक्रमणहरु एचआईभी एड्स, हेपाटाइटिस 'बी', 'सी' लगायत यौनजन्य रोगहरुको रोकथामका लागि संचालित कार्यक्रम हो ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एचआईभी संक्रमण न्यूनीकरण, लागूऔषध प्रयोगकर्ताको स्वास्थ्य अधिकार संरक्षण तथा पुनःस्थापनाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै सरकारी निकाय, स्वास्थ्य संस्था र गैरसरकारी संस्थाबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

सहभागीहरूले लागूऔषध प्रयोगकर्तामा एचआईभी संक्रमण रोकथाम, सुरक्षित व्यवहारको प्रवर्द्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका विषयमा सुझाव दिएको कार्यक्रम फोकल पर्सन सकुन रिजालले बताइन् । बैठकले कार्यक्रमको प्रभावकारिता बढाउन सम्बन्धित निकायहरूबीच नियमित समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

रिकभरिङ्ग नेपालको साझेदारी तथा Viiv Healthcare UK को सहयोगमा दमयन्ती फाउन्डेसनले बाँके जिल्लामा महिला लागूऔषध प्रयोगकर्तालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । दमयन्ती फाउन्डेसन नेपाल लागूऔषध दुरुपयोग विरुद्ध सचेतना, उपचार, परमर्शमा काम गर्ने क्रियाशील संस्था हो । 


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP