नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ८, २०८३ बागेश्वरी पोस्ट
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौकदेखि खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस संचालन गर्ने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै बागेश्वरी यातायतले क्यान्सर गेटसम्म पुग्ने गरी नगर बस संचालन गर्ने भएको हो । 

आज अस्पताल परिसरमा अस्पतालका कार्यकारी निर्देशक डा .निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मन प्रसाद आचार्यबीच नगर बस संचालन सम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिए । 

अस्पतालमा जान आएका दुरदराजका बिरामीहरुले भोग्दै आएको समस्याको सहजीकरणका लागि अस्पतालको आग्रहमा बस संचालन गर्न थालिएको बागेश्वरी यातायातका अध्यक्ष आचार्यले बताए । उनले पहिलो चरणमा सम्झना चौकबाट क्यान्सर गेटसम्म २ वटा बस संचालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने जनाए । 

अस्पतालसम्म सिधै आउने साधन नपाएर अलमलमा पर्ने गरेका बिरामीहरुलाई नगर बस संचालनले ठूलो राहत मिल्ने अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले बताए । अस्पतालको आग्रहलाई स्वीकार गरेर बस संचालन गर्ने सहमति भएकोमा उनले बागेश्वरी यातायात प्रालि परिवारलाई अस्पतालको तर्फबाट धन्यवाद व्यक्त गरे । 

अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि संचालन हुने नगर बसले खजुराबाट नेपालगञ्जका लागि ४० रुपैयाँ, राँझा चोकलाई ५० रुपैयाँ, कोहलपुरसम्मका लागि १ सय रुपैयाँ र सम्झना चोकसम्मका लागि १२५ रुपैयाँ सेवा शुल्क लिइनेछ । 

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीहरुले अस्पतासम्म पुग्ने साधन नपाउँदा समस्या भोग्दै आएका थिए ।


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP