Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १२, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकावासीका लागि गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ आयाम थपिने भएको छ । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (Rural Health System Strengthening Project–RHSSP) कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै राप्तीसोनारी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको मार्ग खुलेको हो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का र निक साइमन्स इन्स्टिच्युट (NSI) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त समझदारीसँगै परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

परियोजना अन्तर्गत राप्तीसोनारी अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार गरिनुका साथै आमा सुरक्षा कार्यक्रम अन्तर्गत शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिने भएको छ । यस सेवाको सञ्चालनपछि जटिल प्रसूति भएका गर्भवती महिलाले सामान्य शल्यक्रियाका लागि नेपालगञ्ज वा अन्य अस्पताल धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ जनशक्ति व्यवस्थापन, आवश्यक उपकरण जडान, पूर्वाधार सुदृढीकरण तथा सेवा सञ्चालनका सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १ गतेदेखि सेवा सञ्चालन गर्ने लक्ष्यका साथ अन्तिम तयारी तीव्र रूपमा भइरहेको जनाएको छ ।

यस परियोजनाले राप्तीसोनारी गाउँपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई आफ्नै नजिकबाट विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । विशेषगरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने, समयमै उपचार पहुँच सुनिश्चित गर्ने तथा सुरक्षित मातृत्वलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीचको सहकार्यबाट सञ्चालनमा आउन लागेको यो सेवा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले स्थानीय नागरिकलाई सहज, सुलभ, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा नयाँ विश्वास स्थापित गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP