नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १२, २०८३ बागेश्वरी पोस्ट
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले १३६औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालकै सभाहलमा मंगलबार आयोजित समारोह अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता तथा पूर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

May be an image of table and text

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले भेरी अस्पताल पश्चिम नेपालको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य संस्था भएको उल्लेख गर्दै यसको सेवा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सबै तहको सहयोग आवश्यक रहेको बताए । उनले अस्पतालले सीमित स्रोतसाधनका बीच पनि ठूलो जनसंख्यालाई सेवा दिँदै आएको भन्दै स्वास्थ्य पूर्वाधार, जनशक्ति र अत्याधुनिक उपकरणको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले अस्पताललाई प्रदेश र संघीय सरकारको प्राथमिकतामा राखेर थप सुदृढ बनाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संयुक्त पहल आवश्यक रहेको उनको भनाइ थियो ।

कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनालले भेरी अस्पतालको सेवा सुविधा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । शुभकामना मन्तव्यका क्रममा बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य सुरेश कुमार थारुले भेरी अस्पतालले बाँकेसहित कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई सेवा दिँदै आएको उल्लेख गर्दै अस्पतालको क्षमता विस्तार अपरिहार्य भएको बताए । लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले सरकारी अस्पतालको सेवा गुणस्तर सुधार गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले स्वागत मन्तव्यसहित अस्पतालको वर्तमान अवस्था, उपलब्धि र भावी योजनाबारे प्रस्तुतीकरण गरेका थिए । उनले सुशासन, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको प्रयोग तथा बिरामीमैत्री स्वास्थ्य सेवा विस्तारलाई अस्पतालको प्रमुख प्राथमिकता बनाइएको बताए । "सुशासन, गुणस्तरीय सेवा र प्रविधिमैत्री स्वास्थ्य सेवामार्फत भेरी अस्पताललाई उत्कृष्ट सरकारी अस्पतालका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो," उनले भने । दर्नालले सेवा प्रवाहमा डिजिटल प्रणालीको विस्तार, विशेषज्ञ सेवा वृद्धि, अनुसन्धान तथा स्वास्थ्य शिक्षामा समेत अस्पतालले जोड दिइरहेको जानकारी दिए ।

कार्यक्रममा अस्पतालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको वार्षिक स्मारिका ‘अक्सिजन’ को विमोचन पनि गरिएको थियो । साथै वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा २५ बर्ष सेवा गरेका कर्मचारी र कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न नृत्य प्रस्तुति र नाटकले समारोहलाई थप आकर्षक बनाएको थियो ।

प्रतिनिधिसभा सदस्य शुष्मा स्वर्णकार, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, विभिन्न सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

१३६ वर्षको इतिहास बोकेको भेरी अस्पतालले पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा लाखौं नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वि.सं. १९४७ सालमा भेरी अस्पतालको स्थापना भएको हो । वार्षिकोत्सवका अवसरमा वक्ताहरूले अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै पक्षबीच सहकार्य अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

May be an image of one or more people, beard and text


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP